stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

थप २० जनामा कोरोना संक्रमण, कुल संक्रमित संख्या ५०७ पुग्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल २०७७ जेठ ९ गते शुक्रबार
काठमाडौ । नेपालमा थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नयाँ थपिएसँगै कुल संक्रमित संख्या ५०७ पुगेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भने, डडेलधुराको पराशुराम १० का २८ वर्षीय पुरुष र वैतडीको शिवनाथ९१ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।

कैलालीमा ३ जना, १९, २३ र २६ वर्षका पुरुष,  बाँकेमा १४ जना १८ देखि ६१ वर्ष उमेरका पुरुषहरु रहेको उनले बताए ।  मोरङको रतुवामाई९ २ का एक जना ४१ वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

उनीहरूको सेती प्रादेशिक अस्पतालमा परीक्षण गरिएको थियो। हालसम्म संक्रमित संख्या ५ सय ७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को अपडेट दैनिक गराउँदै आएको छ ।

शुक्रबार मात्र थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार बिहान नयाँ संक्रमित थपिएसँगै कोभिड–१९ का पुष्टी भएकाको संख्या ४८७ पुगेको हो। स्वास्थ्य मन्त्रालयका अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व),चितवन,नवलपरासी, कपिलवस्तु र सर्लाही जिल्लामा कोरोना संक्रमित भेटिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा ३० नयाँ संक्रमित थपिएका हुन् ।

उनीहरु नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० विनय त्रिवेणी गाउँपालिका-६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका(६ केसरबाघ, चितवन निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिला, नवलपरासी, सुस्ता गाउँपालिका-५ र रामग्राम नगरपालिका-३ र १८ निवासी ३३, ३५ वर्षीय पुरुषहरू, १५ वर्षीया युवती संक्रमित भएका हुन् ।

त्यसैगरी कपिलवस्तु बाणगंगा नगरपालिका, मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षीय पुरुषहरू र ८ वर्षीय बालिका, सर्लाही, गोडैता नगरपालिका- ८, ९, ११, १३ र १४ र रामनगर बहुअर्वा गाउँपालिका-७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ वर्षीय पुरुषहरू र १८ वर्षीया युवतीमा कोरोना पोजिटिभ देखिएको हो ।  ४८७ जनामा कोरोना संक्रमण हुँदा ७० जना निको भएका छन् । तीन जनाको भने मृत्यु भएको छ ।

prabhu mahalaxmi
kumari