stcnepal long ad
ime life insurance
national life
global ime bank long

जापानमा हिमपातका कारण १७ जनाको मृत्यु, ९० बढी घाइते

विद्युत आपूर्ति बन्द, हजारौं मासिन अन्धकारमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

जापानमा हिमपातका कारण १७ जनाको मृत्यु भएको छ । केही दिनदेखि जारी हिमपातले त्यहाँको जनजीवन अस्तब्यस्त भएको हो । मौसम जन्य घटनामा ९० जना भन्दा बढी घाइते भएका छन् ।

हिमपातले विद्युत् आपूर्ति बन्द हुँदा हजारौं सर्वसाधरण अध्यारोमा बस्न बाध्य छन् । जापानकोे पश्चिमी तटका साथै उत्तरी क्षेत्र होक्काइडोमा लगातार भारी हिमपात भइरहेको छ ।

हिमपात अझै केही दिन जारी रहने मौसम विद्हरुले बताएका छन् । जापानको उत्तरपूर्वी यामागाता क्षेत्रको ओगुनी शहरसहित केही क्षेत्रमा २४ घण्टामा करिब एक मिटर हिमपात हुँदा सयौं सवारीसाधन पुरिएका छन् । हिमपातले गर्दा सयौं उडानहरु अवरुद्ध भएका छन् ।

यसैबीच जापानको मौसम विज्ञान विभागले प्रभावित क्षेत्रका वासीन्दाहरूलाई सम्भव भएसम्म यात्रा नगर्न निर्देशन समेत दिएको छ ।

 

IME Lifesidebar
kumari