stcnepal long ad
ime life insurance
national life
global ime bank long

चालू आर्थिक वर्षको सोही अवधिमा खाद्यान्न आयात ३९ प्रतिशतले घट्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । अघिल्लो आर्थिक वर्षको पाँच महिनामा (साउन–मङ्सिर) को तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा खाद्यान्न आयात ३९ प्रतिशतले घटेको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार पाँच महिनामा २० अर्ब ३१ करोड १७ लाख सात हजार रुपियाँ बराबरको खाद्यान्न (धान, मकै, गहुँ, चामल, जौ, कोदो) आयात भएको हो ।

गत वर्ष सो अवधिमा ३३ अर्ब ९४ करोड २७ लाख ५८ हजार रुपियाँको खाद्यान्न आयात भएको थियो । भारतले धान र गहुँको आयातमा प्रतिबन्ध लगाएका कारण आयात कमी आएको हो । सो अवधिमा सबैभन्दा धेरै चामल आयात भएको छ ।

नेपालमै उत्पादन गर्न सक्ने पर्याप्त सम्भावना भए पनि स्थानीय उत्पादनले माग धान्न नसक्दा ठूलो परिणाममा खाद्यान्न आयात हुने गरेको हो ।

विभागका अनुसार पाँच महिनाको अवधिमा सात अर्ब २९ करोड ४० लाख छ हजार रुपियाँ बराबरको ३० करोड ९७ लाख दुई हजार ८५९ केजी चामल आयात भएको छ ।

सो अवधिमा सात अर्ब २५ करोड ३० लाख ४१ हजार रुपियाँ बराबरको मकै आयात भएको छ । यस्तै ६५ करोड ७३ लाख दुई हजार रुपियाँ बराबरको गहुँ आयात भएको छ । गत वैशाखदेखि भारतले गहुँको आयातमा प्रतिबन्ध लगाएका कारण न्यून परिणाममा आयात भएको छ ।

यस्तै सो अवधिमा ५९ करोड नौ लाख ५९ हजार रुपियाँ बराबरको धान आयात भएको विभागको तथ्याङ्क छ ।

पाँच महिनामा ३९ करोड ४१ लाख ६१ हजार रुपियाँ बराबरको जौ आयात भएको छ । यस्तै एक करोड १५ लाख रुपियाँको कोदो, ४२ लाख रुपियाँ बराबरको चिनु र १७ हजार रुपियाँ बराबरको जुनेलो आयात भएको विभागको तथ्याङ्क छ ।

स्वदेशमै उत्पादन गर्न सकिने सम्भावना रहेको मकै स्थानीय उत्पादनले माग धान्न नसक्दा ठूलो परिमाणमा आयात हुने गरेको छ ।

विशेष गरी गाईबस्तु र कुखुराको दाना बनाउने काममा प्रयोग हुने मकै नेपालमा अर्जेन्टिना, चीन, भारत, क्यानडा, ब्राजिल, इन्डोनेसियालगायतका देशबाट आयात हुने गरेको छ ।

स्थानीय उत्पादनले माग धान्न नसक्दा व्यवसायीले गाईबस्तुको दाना उत्पादनका लागि विदेशबाट मकै ल्याउँदै आएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क अनुसार आव २०७७/७८ मा साढे लाख हेक्टर क्षेत्रफलमा २९ लाख ९७ हजार ७३३ मेट्रिक टन मकै उत्पादन भएको थियो ।

पाँच महिनामा सबैभन्दा धेरै मकै भारतबाट छ अर्ब ७६ करोड २७ लाख रुपियाँ बराबरको १६ करोड ८४ लाख केजी मकै आयात भएको छ । यस्तै दक्षिण अफ्रिकाबाट नौ करोड १३ लाख रुपियाँ, अमेरिकाबाट ५८ लाख रुपियाँ, मलेसियाबाट ३३ लाख रुपियाँ र अर्जेन्टिनाबाट २० लाख रुपियाँ बराबरको मकै आयात भएको विभागको तथ्याङ्क छ ।

आयातमा लगाइएको प्रतिबन्धका कारण चालू आर्थिक वर्षको पहिलो महिनादेखि नै खाद्यान्न आयातमा कमी हुँदै आएको छ । छिमेकी मुलुक भारतलगायतका अन्य विभिन्न देशबाट खाद्यान्न आयात हुने गर्छ ।

IME Lifesidebar
kumari