citizens life insurance long ad
stcnepal long ad

प्रभु इन्स्योरेन्सले आफ्नो संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर विक्रीमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  आफ्नो संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर प्रभु इन्स्योरेन्स कम्पनीले बिक्री गर्न लागेको छ । कम्पनीका संस्थापक शेयरधनीले संस्थापक शेयर विक्री गर्ने इच्छा गरी आवश्यक व्यवस्था गरिदिन कम्पनीसमक्ष निवेदन गरेको हुँदा शेयर विक्री गर्न लागेको जनाएको छ । कम्पनीले शेयर कित्ता भने उल्लेख गरेको छैन् ।

संस्थापक शेयर खरिद विक्री गर्दा कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिनुपर्ने व्यवस्था भएकोले संस्थापक शेयर खरिद गरिलिन इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुलाई कम्पनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ

शेयर खरिदका लागि यस कम्पनीको केन्द्रिय कार्यालय तीनकुने, काठमाण्डौंमा सम्पर्क राखी शेयर खरिद गर्न निवेदन दिनुहुन कम्पनीले भनेको छ ।

प्रस्तावित संस्थापक शेयर खरिद गरिलिन कम्पनीको विद्यमान संस्थापक शेयरधनीहरुको तर्फवाट निवेदन प्राप्त हुन नआएमा प्रस्तावित संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनी बाहेकका अन्य व्यक्ति संस्थालाई विक्री गर्ने कम्पनीले जनाएको छ ।

IME Life
kumari