दस क्यासिनोले रोयाल्टी बुझाएनन
अमेरिक नागरिकलाई एयरपोर्टबाट फर्काइयो
काठमाडौं । नेपाल सरकारलाई १३ करोडभन्दा बढी रोयल्टी नतिरी भाग्न लागेका क्यासिनो संचालक अमेरिकी नागरिक माइक बोलसोवरलाई त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयमा रोकिएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेको निर्देशनमा रोयल्टी नतिरी भाग्न लागेका बोलसोवरलाई अध्यागमनले रोकेको छ ।
पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले मन्त्रीको निर्देशनपछि आफूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयलाई सूचित गरेर नेपाल छाड्नबाट रोकेको बताएका छन् ।
पर्यटन विभागले क्यासिनो संचालन गरेबापत बुझाउनुपर्ने रोयल्टी र नवीकरण शुल्क नबुझाएसम्म उनलाई नेपाल छाड्न नदिने निर्णय समेत गरिसकेको जानकारी दिएका छन् ।
माइकले काठमाडौंको सांग्रिला होटल र बुटवलको टाइगर टप्समा संचालित क्यासिनो संचालकको प्रतिनिधित्व गर्छन् । माइकले रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ को २३ कठ्ठा सरकारी जग्गामा टाइगर प्यालेस होटल संचालन गरेका छन् ।
पछिल्लो समय पर्यटन मन्त्री आले र सचिव न्यौपानेले रोयल्टी नबुझाउने क्यासिनो संचालकको तीनपुस्ते विवरण सार्वजनिक गर्दै कार्वाही अघि बढाएका छन् । कुन क्यासिनोले रोयल्टी बुझाए, कुनले बुझाएनन् ?सुची हेर्नुस।