citizens life insurance long ad
stcnepal long ad

राष्ट्रिय प्रकृति संरक्षण कोषमा भागबन्डा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारीले कुनै काम गर्न सकेका छैनन् । कोषका तत्कालीन सदस्य सचिव जुद्ध गुरुङको जनसम्पर्क अधिकृतको जागिर खाएका अधिकारी विवादित भएपछि गोरखापत्रमा सूचना निकालेर नै उनलाई हटाईएको थियो ।

परिस्थिति गत वर्ष अधिकारीको पक्षमा आयो र हतारहतार सदस्य सचिव नियुक्त हुन सफल भए । विषयविज्ञताको हिसाबले अधिकारी कोषमा फिट हुने व्यक्ति होइनन् । तर, राजनीतिक शक्तिको आडमा त्यतिबेला अधिकारी सदस्य सचिवमा नियुक्त भएका थिए ।

कोषमा अधिकारी सदस्य सचिव हुने र कोषको अध्यक्षमा कृष्णप्रसाद ओली आउने उस्तै समय र परिस्थिति परेको थियो ।

यी दुवैको नियुक्तिमा वन तथा वातावरण मन्त्रालय भने खुसी देखिएको थिएन । वन मन्त्रालय मातहतकै संस्था भए पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकारी र ओलीलाई नियुक्त गरेका थिए ।

त्यसैले त्यतिबेलाका वनमन्त्री प्रेम बहादुर आलेले कोषका गतिविधि अगाडि बढाउन अवरोध गरेका थिए । कोषको अध्यक्ष वन मन्त्री हुने व्यवस्था हटाएर प्रधानमन्त्री ओलीले आफ्नो मान्छे अर्को ओलीलाई नियुक्त गरेका थिए ।

त्यसपछि तत्कालीन वन मन्त्री आलेको भूमिका खुम्चिएको थियो । त्यही भूमिका खुम्चिएका कारण आलेले कोषबाट आउने फाइलहरु अगाडि बढाइदिएनन् ।

एक वर्ष पहिला आलेले रोकेका फाइल अहिले पनि अगाडि बढेको छैन । वन मन्त्रालयका कर्मचारीहरुको भनाइमा तत्काल अगाडि बढ्ने संभावना पनि छैन ।

प्रधानमन्त्री ओलीसँगको रीसले गर्दा वन मन्त्री आलेले फाइल रोकेका थिए । अहिले भने उनीहरुलाई हटाउनका लागि फाइल रोकिएका हुन् ।

वन मन्त्रालय स्रोतका अनुसार अन्नपूर्ण संरक्षण क्षेत्र र मनास्लु क्षेत्रको व्यवस्थापनको जिम्मा कोषले पाउँदै आएकोमा डेढ वर्षअघि कार्यकाल सकिएको थियो, उक्त समय बढाउन कोषले ताकेता गरिरहेका छ तर मन्त्रालयले फाइल अगाडि बढेकै छैन ।

वन मन्त्री रामसहाय यादव र सचिव प्रेमनारायण कँडेल तत्काल फाइल अगाडि बढाएर कोषका अध्यक्ष ओली र सदस्य सचिव अधिकारीलाई सजिलो बनाउने पक्षमा छैनन् ।

अध्यक्ष ओलीलाई हटाएर सरकारले नयाँ नियुक्ति गरेको थियो तर अदालतले ओलीको पक्षमा अन्तरिम आदेश दिएका कारण सरकार ब्याक भएको छ ।

त्यसैले मन्त्रालय अहिले सदस्यसचिव अधिकारीलाई पनि प्रक्रिया पुरयाएर हटाउने तयारीमा रहेको छ । त्यसका लागि मन्त्रालयले स्पष्टीकरण पनि सोधेको छ र कोषका महत्वपूर्ण निर्णय पनि रोकिएका छन ।

वन सचिव कडेलकै कारण कोषको बोर्ड बैठक पनि बस्न सकेको छैन । कोषका सदस्य सचिव अधिकारीलाई हटाएर कोषकै नरेश श्रेष्ठ सदस्य सचिवमा नियुक्ति पाउन दौडमा लागेका थिए ।

त्यसैगरी, कोषको सञ्चालक समितिमा नियुक्त भएकी व्यापारी घरानाकी महिलाका कारणले पनि कोषमा हंगामा भएको थियो । कन्टिनेण्टल ट्रेडिङ्ग इन्टरप्राइजेजकी डाइरेक्टर समेत हुन् ।

मोटर र हाउजिङ व्यवसायी साहुजी सुहृद घिमिरेकी श्रीमती रेखा घिमिरे कोषको सञ्चालक समिति सदस्य नियुक्त भएकी थिइन । कोषसग जोडिने कुनै विषयसँग नजोडिएकी व्यापारी घरानाकी श्रीमती भएकै कारण कोषको सदस्य नियुक्त हुन पुगेकी थिइन ।

 

IME Life
kumari