stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

शेयर बजार नेप्से १८ सय सम्म झर्ने प्रक्षेपण

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज असोज १७ गते नेप्से परिसूचक करिब ५६ अंकले घटेको छ । नेप्से दिनैपिच्छे ओरालो लागेपछि लगानीकर्ता थप मर्माहत भएका छन् । डेढ महिना अघिसम्म ३२९८ विन्दु पुगेको नेप्से करिब ४५ दिनयता घटेर २५ सय विन्दुमा ओर्लिएको छ ।

शेयर बजार वास्तविक मूल्य भन्दा धेरै बढेको थियो,अब यो ओरालो लाग्न शुरू गरेको छ,अझै तल झरेर १८०० वरपरको रेन्जमा पुगेर स्थिर हुन सक्ने प्रक्षेपण शेयर विश्लेषक किशोर शर्माले बताएका छन्।

यधपी शेयर बजार ओरालो लाग्दा अहिले बजार कारोबार मात्र घटेको छैन, सरकारले लिँदै आएको राजश्व पनि गुमेको छ ।

२५ सय भन्दामाथि शेयर लगानी गरेका लगानीकर्ताले सावाँभन्दा धेरै गुमाइसकेका छन् भने पुराना लगानीकर्ताले पनि अर्बौं रूपैयाँ गुमाउन पुगेका छन् ।

२५ सयको विन्दुमा सेयरबजार ओर्लिएपछि अहिले लगानीकर्ता नेप्से बियरिसतर्फ जाने पो हो कि भनेर झनै पिडित बन्न थालेका छन् ।

केही लगानीकर्ताले ‘पेनिक सेल’ लाई जारी राखेका छन् । तर, अहिले नेप्से बियरिसमा गइनसकेको छैन तर जाने सम्भावना भने देखिएको छ ।

‘बुलिस र बेयरिसको ट्रेन्ड तीनरतीन वर्षको हुन्छ । बुलिस ट्रेन्ड सकिन अझै डेढ बर्ष बाँकी नै छ । यसैले अहिले नेप्से बियरिस मै गएको भन्न मिल्दैन् । तर, बजारमा ठूलै करेक्सन भने आएको पक्कै छ।

शेयर बजार दुई वर्ष ओरालो लागेर १८०० को विन्दुमा स्थिर रहन सक्छ। किनभने कोरोनाको प्रभावले अर्थतन्त्रको सबै क्षेत्रमा मन्दि छ,राम्रो मुनाफा नगरि रहेको अवस्थामा शेयर बजार मात्र कृतिम ढंगले बढेको र बढाइएको थियो। अब ठिक साइजतिर जान लागेको शेयर विश्लेषक शर्माको भनाइ छ।

बजारमा करेक्सन आएपछि फर्कनेमा कुनै दुईमत नभएको भन्दै लगानीकर्ताले धैर्यता गुमाइ हालेका छैनन । विगतका दिनमा पनि ठूलो अंकले नेप्से बढेपछि पुनः बियरिस नटुंगिदै ठूला–ठूला करेक्सन आउने हुनाले लगानीकर्ताको धैर्यता नै सबैभन्दा ठूलो सम्पत्ति भएको शेयर लगानी विश्लेषकहरूको भनाई छ ।

बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर दोस्रो बजारमा लगानी गर्नेहरूले भने केही समय नोक्सान सहनु पर्ने हुन सक्छ।

गत वर्ष ११ सयको हाराहारीमा रहेको नेप्से करिब ३३ सयको विन्दुमा पुगेको थियो । आज नेप्से परिसूचक ५५।९३ अंकले घटेको छ ।

आज ८९ लाख ४८ हजार ९३७ कित्ता सेयर किनबेचमा ४ अर्ब ११ करोड ३८ लाख १४ हजार २४६ रूपैयाँ बराबरको कारोबार भएको छ ।

विकास बैंक, हाइड्रोपावर, फाइनान्स, लगानी समूहमा कम्पनीको सेयर मूल्यमा उच्च अंकले गिरावट आएको छ । आज अपि हाइड्रोपावर कम्पनीको सेयर कारोबार सबैभन्दा धेरै १५ करोड बराबरको भएको नेप्सेले जनाएको छ ।

prabhu mahalaxmi
kumari