stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नीलकाजी शाक्य कांग्रेस काठमाडौँ महानगरपालिकाको सभापतिमा  विजयी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली कांग्रेस काठमाडौँ महानगरपालिकाको सभापतिमा नीलकाजी शाक्य विजयी भएका छन् । कांग्रेस काठमाडौँ महानगरपालिकाको आज भएको निर्वाचन मतगणना अनुसार शाक्यले ७८६ मत ल्याई विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी प्रगतिमान रञ्जितले ३२९ मत प्राप्त गरेका प्रमुख निर्वाचन अधिकृत नरेन्द्रकुमार केसीले जानकारी दिए ।

नेपाल तरुण दलका पूर्वकेन्द्रीय सदस्य समेत रहेका शाक्य वि.सं २०७४ मा सम्पन्न काठमाडौँ महानगरपालिकाको स्थानीय निर्वाचनमा वडा नं २५ बाट निर्वाचित वडाध्यक्ष समेत हुन् ।

यस्तै दुई उपसभापतिमा सुशीला ढकाल र शान्तकुमार महर्जन, दुई सचिवमा सुशन वैद्य र पुरुषोत्तम खकुरेल, दुई सहसचिवमा विमला लामिछाने र अमृत मानन्धर निर्वाचित भएका प्रमुख निर्वाचन अधिकृत केसीले बताए ।

लामो समयपछि भएको काठमाडौँ महानगरपालिकाको निर्वाचनमा एक हजार ३३९ मत खसेको थियो । बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म काठमाडौँको मतदान भएको थियो । काठमाडौँ महानगरपालिका देशभरिकै जनसङ्ख्याका दृष्टिकोणले सबैभन्दा ठूलो नगरपालिका हो ।

यस नगरपालिकामा ३२ वडा रहेका छन् । यसअघि काठमाडौँको सात निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ ।

No description available.

prabhu mahalaxmi
kumari