citizens life insurance long ad

लक्ष्मीश्री इन्भेस्टमेन्टले २० लाख कित्ता आईपीओ जारी गर्ने, ७ प्रतिशत बोनस शेयरको प्रस्ताव पारित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । लक्ष्मीश्री इन्भेस्टमेन्ट प्रा.लि. को २१ औँ वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ ।

कम्पनीका अध्यक्ष लक्ष्मीप्रसाद प्रसाईँको अध्यक्षतामा भएको साधारणसभाले कम्पनीको पुँजी विस्तार तथा सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्नेसहितका प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।

साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक तथा वित्तीय विवरणहरू पारित गर्दै शेयरधनीहरूलाई ७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ। उक्त बोनस शेयरमा लाग्ने करसमेत कम्पनीले नै व्यहोर्ने निर्णय भएको छ ।

कम्पनीको दीर्घकालीन विकास रणनीतिअनुसार प्रा.लि. बाट पब्लिक कम्पनीमा रूपान्तरण हुने प्रस्ताव पनि पारित गरिएको छ ।

यसैगरी, कम्पनीको चुक्ता पुँजी १ अर्ब रूपैयाँ पुर्‍याउने लक्ष्यसहित कुल चुक्ता पुँजीको २० प्रतिशत बराबर हुन आउने २० लाख कित्ता शेयर सर्वसाधारणका लागि (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाउने निर्णय भएको छ ।

कम्पनीले आगामी दिनमा जलविद्युत्, कृषि, आवास, उद्योग, हवाई उड्डयन, होटल तथा पर्यटन लगायतका उत्पादनमूलक क्षेत्रहरूमा लगानी विस्तार गर्ने रणनीति पनि सार्वजनिक गरेको छ ।

सभाका अध्यक्ष प्रसाईँले २१ वर्षे यात्रामा सहयोग पुर्‍याउने सबै सरोकारवालाप्रति आभार व्यक्त गर्दै संस्थालाई थप सबल र प्रतिस्पर्धी बनाउने प्रतिबद्धता जनाए ।

 

IME Life
kumari