citizens life insurance long ad

विन्ध्यबासिनी हाइड्रोपावरको लाभांश घोषणा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनश शेयर वितरण गर्ने घोषणा गरेको हो। उक्त प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक १८ गते, बुधबार, अनमोल बेन्क्वीट, शंखमुल, काठमाडौंमा दसौँ वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । साधारण सभा बिहान साढे ९ बजे शुरु हुनेछ।

साधारण सभाले प्रस्तावित बोनश र बोनश शेयरको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, साधारण शेयरमा परिणत हुने गरी ऋणपत्र जारी गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कात्तिक १० गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार कात्तिक ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग सलनुको साथै प्रस्तावित लाभांश पाउनेछन् ।

IME Life
kumari