साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले आज भारतको सामना गर्दै
काठमाडौं । साफ यू–१७ महिला च्याम्पियनसिप आजदेखि भुटानमा शुरु हुदै छ । नेपालले प्रतियोगिताको पहिलो खेलमा आज भारतको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार दिउसो २स्४५ बजेदेखि शुरु हुदैछ ।
अगस्त २० देखि ३१ सम्म हुने साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालसहित भारत, बंगलादेश, भुटान गरी चार देशले भाग लिदै छन् ।
डबल राउण्ड(रोबिनका आधारमा हुने प्रतिस्पर्धामा प्रत्येक टोलीले दुई(दुई खेल खेल्नेछन् भने शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।
नेपालले यस प्रतियोगितामा अगस्त २० मा भारतसँग, अगस्त २२ मा भुटानसँग, अगस्त २४ मा बंगलादेशसँग, अगस्त २७ मा बंगलादेशसँग, अगस्त २९ मा भारतसँग र अगस्त ३१ मा भुटानसँग खेल्ने तालिका रहेको छ ।
गोलकिपर: झरना दुमराकोटी, लक्ष्मी ओली र गङ्गा गुरुङ डिफेन्डरमा दिक्षा रायमाझी, सम्झना चन्द, अलिजा कुमारी विक, ज्ञान्शु डोल्मा लो, पुर्णिमा ताडी, अनु माझी, मिन माया श्रेष्ठ र अंशु विक, मिडफिल्डरमा डिकी स्यान्गो तामाङ, कृतिशा तामाङ, रबिना विक, सहारा विक, बबिता कार्की, भूमिका बुढाथोकी, आशिका कार्की र सिर्जना बडुवाल, फरवार्डमा अस्मिता मगर, यम कुमारी विक, अनिता राना मागर र दिक्षा रानपाल रहेका छन् ।























