stcnepal long ad
ime life insurance
national life
global ime bank long

हाथवे इन्भेष्टमेन्टको सत्रौं वार्षिक साधारणसभा भदौ २५ गते

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको सञ्चालक समितिको बैठकले भदौ २५ गते सत्रौं वार्षिक साधारण सभा बस्ने निर्णय गरेको छ।
उक्त साधारण सभाले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र त्यसको कर तिर्न ०.६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

त्यस्तै साधारण सभाले गत आवको वार्षिक, लेखापरीक्षण प्रविवेदन लगायतका वित्तीय विवरणहरूमाथि छलफल गरी पारित गर्ने, चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने, समूह ‘क’ को शेयरधनीका तर्फबाट ४ जना सञ्चालक निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्नेछ।

त्यसैगरी कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र कुनै नियमनकारी निकायबाट कुनै निर्देशन प्राप्त भएमा सोही अनुसार गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि साधारणसभाले पारित गर्नेछ।

लाभांश वितरण तथा साधारणसभा प्रयोजनका लागि कम्पनीले भदौ १३ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय पनि गरेको छ।

बुक क्लोजको आधारमा भदौ १२ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनी मात्रै उक्त सभामा भाग लिन र सभाले पारित गरेको लाभांश प्राप्त गर्न योग्य हुनेछन्। साधारण सभा काठमाडौंको आम्रपाली ब्यांकेटमा बिहान १० बजेदेखि शुरु हुनेछ ।

prabhu mahalaxmi
kumari