आइतबारदेखि गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ निष्काशन खुला

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । पुस २१ गते आइतबारदेखि गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणमा आईपीओ बिक्री खुला गर्ने भएको छ ।

इन्स्योरेन्स कम्पनीले पहिलो चरण अन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ जारी गरिसकेको छ । दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो ।

इन्स्योरेन्स कम्पनीले प्रतिकित्ता १०० रुपियाँका दरले कुल १८ लाख ४५ हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो ।  उक्त  आईपीओ १ लाख ८४ हजार ५ सय जनाले १०–१० कित्ताका दरले पाउने छन् ।

हिजोआज निष्काशन खुला भएका एफपीओ–आईपीओहरुमा १६–१७ लाखले आवेदन दिने गरेकाले उक्त कम्पनीको आईपीओका लागि पनि १० कित्तामात्रै आवेदन दिंदा हुन्छ ।

आईपीओका लागि पुस २४ गतेसम्म आवेदन दिन सकिनेछ । तर तोकिएको अवधिभित्र पर्याप्त आवेदन नपरेमा माघ १० गतेसम्म लम्बिनेछ । आवेदन घटीमा १० कित्ता र बढीमा १ लाख कित्तासम्म दिन पाइनेछ ।

इन्स्योरेन्स कम्पनीले आफ्नो जारी पूँजी ७५ कराड रुपियाँको ३० प्रतिशतका दरले हुन आउने २२ करोड ५० लाख रुपियाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न अनुमति पाएको थियो ।

त्यसमध्ये १० प्रतिशत अर्थात् २ करोड २५ लाख रुपियाँ बरारबको २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट भइसकेको छ ।

बाँकी ५ प्रतिशत शेयर सामूहिक लगानी कोषका लागि र ३ प्रतिशत शेयर कम्पनीका कर्मचारीलाई छुट्याइएको छ । निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

IME Lifesidebar
kumari