stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्षमा दीपेन्द्र कोइराला निर्वाचित

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) पोखराको अध्यक्षमा दीपेन्द्र कोइराला निर्वाचित भएका छन् । शुक्रबार पोखरामा सम्पन्न १९औं साधारणसभा तथा दसौं अधिवेशनले उनको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

एसोसिएसनको वरिष्ठ उपाध्यक्षमा शिव श्रेष्ठ, उपाध्यक्षमा निरन केसी, महासचिवमा विनय थापा, कोषाध्यक्षमा अशोक चालिसे र सचिवमा दीपेन्द्र भण्डारी निर्वाचित भएका छन्।

त्यस्तै कार्यसमिति सदस्यमा छबिलाल सुवेदी, सन्ध्या पौडेल, नूरज बाटाजू, सौरभ थापा, अशोक चौधरी, शिव ॐ बराल, अम्बिका मोहन भट्टराई, बालकृष्ण कोइराला र प्रतीक सुवेदी निर्वाचित भएको निर्वाचन संयोजक तथा वाडाका पूर्व अध्यक्ष मोहनबाबु खड्काले जानकारी दिए ।

निवर्तमान अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ पदेन सदस्य रहनेछन् । नवनिर्वाचित अध्यक्ष कोइरालाले देबेन्द्र नकर्मी, नरेश सुवेदी र छबिलाल गौतमलाई कार्यसमिति सदस्यमा मनोनीत गरेका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले अटोमोबाइल क्षेत्रमा एसोसिएसनको योगदान महत्त्वपूर्ण रहेको बताए ।

कार्यक्रममा नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, नाडाका निवर्तमान अध्यक्ष ध्रुव थापा लगायतले अटोमोबाइल व्यवसायको समसामयिक विषयमा धारणा राखेका थिए ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष कोइरालाले अटोमोबाइल व्यवसायीहरूको हकहितका क्षेत्रमा सक्रियताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आगामी फागुनमा पोखरामा अटो सो आयोजना गरिने बताउँदै उनले अटो सो सफल बनाउनका लागि सबैलाई आग्रह गरे ।

साधारणसभाको अवसरमा अग्रज वयवसायी विश्वबन्धु थापा सम्मानित भएका छन् । पूर्व अध्यक्ष माधव पौडेल संयोजक रहेको समितिले थापालाई सम्मान गर्न सिफारिस गरेको थियो । प्रदेशका उत्कृष्ट ३ जना ट्राफिकलाई पनि सम्मान गरिएको छ ।

prabhu mahalaxmi
kumari