दिल्लीमा खराब मौसमका कारण उडान तथा रेल सेवा प्रभावित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

भारतको राजधानी दिल्लीमा खराब मौसमका कारण उडान तथा रेल सेवा प्रभावित भएका छन् । बाक्लो कुहिरोले हिजो दिल्लीको गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा झण्डै दुई सय उडान ढिलाइ तथा केही रेल सेवा प्रभावित भएको हो ।

दिल्ली इन्टरनेशनल एअरपोर्ट लिमिटेड (डीआईएएल) ले मौसम खराबका कारण उडानहरू प्रभावित भएका जनाएको छ ।

त्यसअघि नै यात्रुहरूलाई अद्यावधिक उडान जानकारीको लागि सम्बन्धित एअरलाइन्समा सम्पर्क गर्न सल्लाह दिइएको थियो । कम भिजिबिलिटीका कारण स्पाइसजेट, इन्डिगो र एअर इन्डियालगायतका एयरलाइन्सका उडान प्रभावित भएका हुन् ।

भारतीय रेलवेले कम्तीमा २४ वटा रेल बाक्लो कुहिरोका कारण ढिलाइ भएको जनाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । केही रेल सेवा झण्डै पाँच घण्टासम्म ढिलो भएका थिए ।

मौसम विभागले आज पनि दिल्लीमा बाक्लो कुहिरोको चेतावनी जारी गरेको छ । बाक्लो कुहिरो उत्तरपश्चिम तथा मध्य भारतका केही भागहरूमा रहने र आज बेलुका वा भोलि बिहानपछि सुधार हुने सम्भावना रहेको भारतीय मौसम विज्ञान विभागले जनाएको छ ।

IME Lifesidebar
kumari