stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्रभु महालक्ष्मी लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनार्थ असोज १६ गते बुकक्लोज गर्ने भएको छ ।

आज मंगलबारसम्म कायम शेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनुका साथै वार्षिक साधारण सभामा सहभागि हुन पाउनेछन् ।

साधारणसभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

यसका साथै, छैठौं साधारण सभाबाट तत्कालिन चुक्ता पूँजीको १७ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय भएकोमा सो निर्णय पुनरावलोकन गरी बोनस शेयर वितरण पश्चात कायम हुन आउने चुक्ता पूंजी को ७ प्रतिशत बराबर को हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत सभाले पारित गर्नेछ ।

साधारण सभाले गत आर्थिक वर्ष २०७९.०८० को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०८०/८१ को लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा रहेको छ । स्वतन्त्र संचालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव समेत सभाको कार्यसूचीमा समावेश भएको छ ।

यता, प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायहरूले फेरबदल, थपघट गर्न कुनै सुझाव वा निर्देशन दिएमा वा कुनै भाषिक फेरबदल गर्नु पर्ने भएमा सो अनुसार गर्न सञ्चालक समितिलाई सम्पुर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत सभाले पारित गर्नेछ ।

कम्पनीको साधारण सभा असोज २३ गते, अम्रपाली ब्यांक्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

 

prabhu mahalaxmi
kumari