citizens life insurance long ad
stcnepal long ad

“एनआईबिएल म्युचुअल फण्ड”अन्तर्गत “एनआईबिएल स्टेवल फण्ड” को सार्वजनिक निश्कासन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड, कोष प्रबद्र्धक तथा एनआइएमबि एस क्यापिटल लि. योजना ब्यवस्थापक तथा डिपोजिटरी रहेको “एनआईबिएल म्युचुअल फण्ड”अन्तर्गत संचालन हुने छैठौं योजना“ एनआईबिएल स्टेवल फण्ड” को सार्वजनिक निश्कासन २०८० माघ २ गतेबाट सुुरु भएको छ ।

यस योजना संचालन गर्ने अनुमति नेपाल धितोपत्र बोर्डबाट यहि २०८० मंसिर २१ गते प्राप्त भएको थियो ।

यस योजनाको आकार १ अर्ब र समयावधि १२ वर्षको रहेकोे छ र यो हाल सम्मकै सबैभन्दा लामो अवधि भएको बन्दमुखी योजना समेत रहेको छ ।

योजनाको अवधि भर यस योजनाले बार्षिक प्रतिफल (Effective Annual Return) को रुपमा १६.१८ प्रतिशत प्रतिफल आफ्ना इकाई धनीहरुलाई दिन सक्ने प्रक्षेपण समेत गरेको छ ।

योजनाको सार्वजनिक निश्कासन २०८०/१०/०२ देखि छिटोमा २०८०/१०/०५ र ढिलोमा २०८०/१०/१६गते सम्म रहनेछ र इच्छुक लगानीकर्ताहरुले (व्यक्तितथा संस्था) यस योजनामा न्यूनतम रु. १ हजार देखि अधिकतम रु. १० करोड सम्म लगानीका गर्न सकिनेछ ।

लगानीकर्ताहरुले आफ्नो सी–आश्वाखाता रहेको बैंक वा मेरो शेयरमा लगईन गरी अनलाईन आवेदनदिन सकिनेछ ।

योजनाको विवरण पुस्तिकाएनआइएमबी एस क्यापिटल लि कोे वेव साईट (www.nimbacecapital.com) तथा नेपाल धितोपत्र बोर्डको वेव साईट (www.sebon.gov.np) मा समेत राखिएको छ ।

“एनआईबिएल म्युचुअल फण्ड”अन्तर्गत यस अघि नै चार बन्दमुखी योजना तथा एक खुलामुखी योजना समेत संचालनमा रहेको र“एनआईबिएल समृद्धि फण्ड –१” आफ्नो ७ वर्ष समयावधि पूूरा भई परिपक्क भई सकेको र हाल अन्य तीन बन्दमुखी योजना, एनआईबिएल प्रगति फण्ड ,एनआईबिएल समृद्धि फण्ड –२ तथा एनआईबिएल ग्रोथ फण्ड समेत संचालनमा रहेको छ ।

साथै नेपालकै पहिलो खुलामुखी योजना“एनआईबिएल सहभागीता फण्ड” पनि यसै म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेको छ ।

“एनआईबिएल स्टेवल फण्ड” का इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भई योजनाको समयवधि सम्म इकाईहरु दोश्रो बजारमा खरिद तथाबिक्री गर्न सकिने छ ।

IME Life
kumari