macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

हिमालयन बैंकको अध्यक्षमा पुन: श्रेष्ठ निर्वाचित

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । हिमालयन बैंक लिमिटेडको अध्यक्षमा पुन: प्रचण्डबहादुर श्रेष्ठ चयन भएका छन । कम्पनीको साधारण सभा पछि बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई दोस्रो पटकका लागि पनि सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।

आगामी चार वर्षका लागि बैंकको अध्यक्षमा श्रेष्ठ नियुक्त भएका हुन् । पुस २९ गते सम्पन्न साधारण सभाले संचालक समितिमा संस्थापक शेयरधनीबाट श्रेष्ठलाई चयन गरेको थियो ।

संस्थापक शेयरधनीबाट श्रेष्ठ, फरहान तलिव, जितेन्द्र धिताल,सुनिल बहादुर थापा र प्रताप जंग पाण्डे निर्बिरोध निर्वाचित भएका छन।

साथै सर्बसाधारण शेयरधनीको तर्फबाट आशिष शर्मा निर्विरोध निर्वाचित भएका छन् । अध्यक्ष श्रेष्ठले बैंकको सेवा तथा सुविधाहरुलाई समयानुरुप आकर्षक एवं गुणस्तरीय बनाउने तर्फ बैंक निरन्तर प्रयासरत रहने पनि बताएका छन् ।

himalayan life insurance
igi long
NTA long ad