stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको दुई दिने कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले कर्मचारीहरुलाई प्रशिक्षण दिएको छ । कम्पनीले असोज २६ र २७ गते मधेश प्रदेशको राजधानी जनकपुरमा कम्पनीका मधेश प्रदेशमा कार्यरत कर्मचारीहरुको पेशागत दक्षता अभिबृद्धि गर्ने उदेश्य का साथ प्रशिक्षण दिइएको हो ।

नेपाल बीमा प्राधिकरण मधेस प्रदेश कार्यालय प्रमुख कुशुम शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त प्रशिक्षण कार्यक्रमका सहभागिहरुलाइ सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका नेशनल कोअर्डिनेटर, प्रदेश प्रमुख, विभागिय प्रमुखहरुले आआफ्नो प्रस्तुतिकरण दिएका थिए ।

मार्केटिङ, अण्डरराईटिङ, दावी, मानव संसाधन, ब्राण्डिङ र ग्राहक सेवा लगायतका विषयहरुको प्रस्तुतिकरणले समग्र मधेश प्रदेशमा कार्यरत कम्पनीका कर्मचारीहरुमा ज्ञान र उत्साहको सञ्चार भएको कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

prabhu mahalaxmi
kumari