stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

भोलि असोज ३० गते एभरेष्ट बैंकको २९औं वार्षिक साधारण सभा 

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  एभरेष्ट बैंकले  आफ्नो  २९औं वार्षिक साधारण सभा भोलि असोज ३० गते गर्ने भएको छ । उक्त सभा काठमाडौंको लैनचौर स्थित लैनचौर ब्यान्क्वेटमा आयोजना गर्ने बैंकले जनाएको छ ।

बैंकको असोज ७ गते बसेको संचालक समितिको बैठकले सभाको मिति तय गरेको हो । सभा विहान ११ बजे शुरु हुने जनाएको छ ।

बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १० दशमलव ५३ प्रतिशत नगद लाभांश गरि २० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको साधारण सभाले उक्त प्रस्ताव अनुमोदन गर्नेछ ।

सभाले आर्थिक वर्ष २०७९/०८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको एकीकृत वासलात, नाफा नोक्सानको हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु माथि छलफल गरी पारित गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, संचालक बैठक भत्ता वृद्धि गर्ने, संचालकको नियुक्ति अनुमोदन गर्ने, आथिृक वर्ष २०८०/०८१ को लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

बैंकले साधारण सभा प्रयोजनको लागि असोज १६ गते बुक क्लोज गरेको थियो । त्यसकारण असोज १५ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र बैंकको प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।

prabhu mahalaxmi
kumari