stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

रियलमीको “दशैं तिहार उमङ्गः उपहारले सबै दङ्ग” क्याम्पेन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ  । सर्वाधिक विश्वसनीय टेक्नोलोजी ब्रान्ड रियलमीले नेपालीहरुको महान चाड विजयादशमी, दिपावली तथा छठ पर्वको पावन अवसरमा ‘दशैं तिहार उमङ्ग: उपहारले सबै दङ्ग’ योजना ल्याएको छ ।

यही असोज २८ देखि कार्तिक २९ सम्म लागु हुने यस क्याम्पेन अन्तर्गत ग्राहकहरूले वासिङ मेसिन (७ केजी अटो), स्कुटर र रियलमी जीटी २ प्रोजित्ने मौका प्राप्त गर्न सक्नेछन्।

रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले भन्नुभयो, “नेपालीहरुको महान चाड विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसर पारेर हामीले यो ‘दशैं तिहार उमङ्ग: उपहारले सबै दङ्ग’ क्याम्पेन ल्याएका छौँ ।

रियलमी ब्रान्डप्रति नेपाली ग्राहकहरुले देखाउनुभएकोमाया र साथप्रति हामी सदैव आभारी छौँ । र, यहाँहरु सम्पूर्णमा हामी रियलमीको तर्फबाट विजयादशमी, शुभ दिपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामाना व्यक्त गर्न चाहन्छौँ ।”

यस क्याम्पेन अन्तर्गत ग्राहकहरुले दैनिक रुपमा २.२ लिटरको कोनका राइस कुकर, सफारी ब्याकप्याक, कोनका इलेक्ट्रिक मिक्सर, र कोनका इन्डक्सन जित्न सक्नेछन् भने साप्ताहिक रुपमा नार्जो एन ५३ (६ जिबि +१२८ जिबि) न जित्न सक्नेछन्।

त्यस्तै बम्पर उपहारमा कोनका वासिङ मेसिन (७ केजी अटो), कोनका ५५” ४के टिभी, रियलमी जीटी२ प्रो, र टिभिएस एनटर्क स्कुटर जित्न सक्नेछन्। यस क्याम्पेनमा सहभागी हुनको लागि ग्राहकहरूले realmecampaigns.comमा गएर आफुलेखरिद गरेको नयाँ स्मार्टफोनको आइएमइआइ नम्बर, फोन नम्बर, स्मार्टफोन मोडल र आफ्नो नाम जस्ता विवरणहरू उपलब्ध गराउनुपर्ने हुन्छ ।

prabhu mahalaxmi
kumari