stcnepal long ad
ime life insurance
national life
global ime bank long

पश्चिम नवलपरासी प्रहरीले १३ लाख बराबरका अवैध सामान बरामद

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

परासी । भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा पश्चिम नवलपरासी प्रहरीले १३ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ । जिल्लाका सीमावर्ती नाकाबाट भन्सार चोरी गरेर ल्याउँदै गर्दा बर्दघाट, सुस्ता र महेशपुर नाकाबाट सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजु लामाले जानकारी दिनुभयो ।

गएराति पिकअप भ्यानबाट ल्याउँदै गरेको अवस्थामा बर्दघाटबाट बरामद गरिएका सामानमा ६ लाख ७७ हजार बराबरको तामाका भाँडा र कुखुराका लागि प्रयोग हुने औषधि छन् भने सुस्ताको रतनगञ्जबाट पिकअप भ्यानमा ५ लाख बराबरको ९ सय ६४ लिटर मोबिल बरामद गरिएको छ ।

त्यस्तै महेशपुरको कुस्माबाट १ लाख ५० हजार बराबरका विद्युतीय सामाग्री बरामद गरेको प्रहरीले जनाएको छ । बरामद भएका सामान र सवारी साधनलाई आवश्यक कारवाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको डिएसपी लामाले जानकारी दिनुभयो ।

IME Lifesidebar
kumari