stcnepal long ad
ime life insurance
national life
global ime bank long

एक महिने ‘श्री स्वस्थानी ब्रत’ आज समापन गरिंदै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज समापन गरिंदैछ । आज माघ शुक्ल पूर्णिमा । आजभन्दा एक महिना अघि अर्थात् पौष शुक्ल पूर्णिमादेखि श्री स्वस्थानी व्रतकथा शुरु भएको थियो ।

विशेष गरी हिन्दू महिलाहरूले एक महिनासम्म मनाउने श्री स्वस्थानी व्रत कथा आजबाट समाप्त हुँदैछ । श्री स्वस्थानी व्रतकथामा विशेष गरी श्री स्वस्थानी देवीको पूजा र आराधना गरिन्छ । शिवजी तथा अन्य देवदेवीको पनि आराधना गरिन्छ ।

विशेष गरी काठमाडौंको साँखुको शाली नदीमा व्रतालुहरूको आज विशेष भीड हुन्छ । यसका साथै देशका विभिन्न जलाशययुक्त स्थानमा पनि श्रद्धालु भक्तजनहरूको भीड हुन्छ ।

हात गोडाका नङ काटी नुहाइधुवाइ, शुद्ध चोखो लुगा लगाई सक्नेले एक महिनासम्म र नसक्नेले शुरु र आज अन्तिमदिनमा व्रत लिन्छन् ।

रातो पहिरन, सिन्दूर र हातमा रातो चुरामा सजिएकी विवाहिता महिलाले आफ्नो श्रीमान्‌को दीर्घायु तथा सम्पन्नताको कामना गर्दछन् भने अविवाहिताले श्री बृद्धि तथा राम्रो भविष्य तथा सुयोग्य वरको कामना गर्दै व्रत बस्छन् ।

धार्मिक रूपमा एक महिनासम्म मनाइने, स्वस्थानी देवीको कथा वाचन तथा श्रवण गरिने, विधि विधान अनुसार व्रत आरम्भ गर्ने तथा समापन गर्ने गरिन्छ ।

भोलिपल्ट बिहानै विधि अनुसार नै फूलपातीहरू नदीमा बहाइन्छ । यसरी स्वस्थानी व्रतकथा नेपाली जनजीवनसँग नजिकबाट गाँसिएको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा रहेको पाइन्छ ।

 

IME Lifesidebar
kumari