citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

नेपालको चटके राजनीति

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १४ गते आइतबार

महेन्द्र बहादुर सिंह –

सामाजिक जीवनमा कहिलेकाहीँ चटकले पनि रमाइलो हलचल पैदा गर्दछ । टेलिभिजन, कम्प्यूटर,फ़ोन लगायत विभिन्न विद्युतीय संयन्त्रहरूको प्रयोगद्वारा हामी सबैले रमाइलो गरिनै रहेका हुन्छौ ।

तथापि दुई चार बॉदर,भालु,बाख्रो र सहायक पात्रहरूको साथ डमरू बजाउदै जब चटके देखा पर्दछन् । त्यस बखत समाज टोल छिमेक सबैले बेग्लै खालको रमाइलो र हॉसो अनुभूत गर्दछन् । सामाजिक जीवनमा मात्र किन र राजनीतिमा पनि त नेताले आकलझुकल चटके रूप धारण गरि राजनीतिक चटक देखाउने गर्दछ नि ।

बहुमतको सरकार ढालेर मध्यावधिको चटक हामीले देख्या भोग्या धेरै वर्ष भई नै सक्या छ । लामो समयको अन्तराल पश्चात मुलुकको राजनीतिमा फेरि अर्को चटके देखा परो । चटक त देखाइ नै हाले तर बाध,भालु र शेरको आक्रामक घेराउमा मदारी फसे जस्तै हाम्रा चटके नेता पनि टीठलाग्दो नरमाइलो चौतर्फी विरोधको घेरामा जकडिन पुगे । चटके विरूद्ध सबैतिर बाट औंलो ठड्याईयो ।
मदारीले ठाउँ,समय र परिस्थिति हेरेर मात्र चटक देखाउने गर्दछ। यस पटकको राजनीतिक चटक नमिठो संग फसि गो नि । महामारीको विषम परिस्थितिबाट बच्न बचाउन सुरक्षित हुन् सम्पूर्ण राष्ट्र एकजुट भई लागिपर्या बखत त्यो चटकले एकाग्रता भङग त गर्‍यो नै। चौतर्फी विरोधको निशाना पनि त बन्यो नि।
संविधानमा प्वाल पारि चोर बाटो हिडन् गरिएको राजनीतिक चटक को आफ्नै धर गोत्र दलका सहोदरहरूबाट थेगिनसक्नु विरोध त भयो नै । सत्तासीन दलका वरिष्ठ नेता नेपालले “हाल विकसित घटना ले पार्टी भित्र अनेकौं आशंका र चिन्ता उत्पन्न गराएको र संविधान र क़ानूनी शासनका मान्यतामा प्रहार हुने,अविश्वास र आशंका उत्पन्न हुने काम कुरा हुनुहुदैंन”भन्दै संविधान विरोधी चटक विरूद्ध प्रेस वक्तव्य जारी गरे। नेकपा का अर्का अध्यक्ष दाहाल( प्रचण्ड ) ले पनि “ ऐतिहासिक पार्टी एकता पछि देशी विदेशी प्रतिक्रियावादी शक्तिहरू नेकपा लाई कमज़ोर पार्ने प्रयत्न मा निरन्तर लागि रहेका छन्” भन्दै प्रेस वक्तव्य सार्वजनिक गरेबाट स्पष्ट हुन्छ कि सत्तासीन दल नेकपा भित्र अझै पनि विदेशी टट्टुहरू हाबी रहेछन् ।
दलीय राजनीतिको स्थायित्व र प्रभावकारीताका लागी दलबदल र दल विभाजन (दल फुटाउने) को अवस्था लाई रोक्न कडा व्यवस्था गर्नु को साटो स्वेच्छाचारी ढंगमा खुकुलो बनाइनु र संवैधानिक परिषद लाई फितलो बनाइनु भन्या ग्राण्ड डिजाइन त हो नि।
चटके राजनीतिले बिना बादल वर्षा गराउने दुष्प्रयास त गरेकै हो। यस्को दलगत प्रभावको क्रममा मुलत:राष्ट्रीय जनता पार्टी र समाजवादी पार्टी को दलिय आकाशमा भयङ्कर मेघ गर्जियो,बिजुली चम्कियो अनि चट्याङ पर्ने डरले अकस्मात् दुबै पार्टी एकीकृत भयो ।

जनता समाजवादी पार्टी नामाकरण गरे । तत्पश्चात एकीकृत भएको जानकारी गराउन त्राहिमाम् त्राहिमाम् भन्दै हठात् निर्वाचन आयोग पुगे। चटके राजनीतिले पैदा गरेको यस्तो गजब को दृश्य हामी सबैले देख्न सुन्न पायौं। हाम्रा कतिपय नेता र दलहरूको धरातल विना पिंधको लोटा जस्तो रहेछ नि।

ढड्डु बॉदरले घर थर्किने गरि केही दिन धरको छानो सक्दो हल्लायो तर केही लागेन्। राष्ट्रीय राजनीतिमा सशक्त राष्ट्रवादी नेताको रूपमा स्थापित सरकार प्रमुख एकाएक चौपट नेताको दर्जामा रूपान्तरण भाको हो कि न। मुलुकको राजनीतिक आकाशमा मडारिएको चटके राजनीति अन्ततगत्वा अहीले को लागी THE END भाको छ तापनि राजनीतिक नैतिकता को जवाफ अझै बांकी नै छ।

gold
himalayan life insurance long ad
kumari bank