जिनियस स्कुलबाट खाद्यान्न सहयोग

आर्थिक सञ्जाल २०७७ वैशाख १४ गते आइतबार
काठमाडौ । गोकणेश्वर नगरपालिकाको वडा नम्बर १ को रामजानकी आधारभूत बिद्यालयकाे प्राङ्गणमा लकडाउनका कारण खानाकाे ब्यबस्था गर्न कठीन भएका परिवारहरुलाई बेलुकाको खाना खुवाउने गरिएको आज आठौं दिन भएकाे छ ।
यस कार्यक्रमलाई सफल पार्न दाताहरुको सहयोग उपलब्ध गराउने कार्यमा १ नम्वरका वडा अध्यक्ष राम मानन्धरले धेरै सक्रिय भूमिका निर्वाह गर्नु भएको छ । उहाँ कै आग्रहमा आज जिनियस इङलिस स्कुलका प्रिन्सिपल रमा पाेखरेलबाट ३० के जीका १५ बाेरा चामल , १५ लिटर तेल, १५ केजी दाल, २ बाेरा आलु , १५ केजी नुन, तरकारी मसला, गरि जम्मा ३४९३० मुल्य बराबरको राहत सामाग्री उपलब्ध गराउनु भई वडा अध्यक्ष राम मानन्धरलाई हस्तान्तरण गर्नुभएको छ ।
भाेजन बितरण कार्यक्रमलाई सफलतापूर्वक सञ्चालन गर्न मिलिजुली भाेजन व्यवस्थापन समितिका अध्यक्ष दामाेदर खनाल, सदस्यहरु द्वारिका श्रेष्ठ, गाैतम खनाल, सराेज चालिसे , तिर्थ तामाङ, लगायत सम्पूर्ण सदस्यहरुको बिशेष याेगदान रहेकाे छ ।
त्यसैगरि आठौं दिन सम्म पनि भान्सामा दिनभर खटिएर मिठो भाेजन तयार पार्ने काममा रामशरण खड्का, राजेन्द्र सिंखडा, श्याम श्रेष्ठ, यादव थपलिया, तिर्थ रानामगर , कुमार खड्का, अन्जु र सन्ध्या थापा , सानु तामाङ लगायतले निःशुल्क सहयोग गर्दै आएका छन् । भाेजनकाे व्यवस्था सुरु हिन्दू स्वयं सेवक संघ नेपालले सहयोग गरेको थियो।
लकडाउनका कारण खानाकाे ब्यबस्था गर्न कठीन भएका परिवारहरुलाई बेलुकाको खाना खुवाउने कार्यक्रम निरन्तर चलिरहेको हुँदा त्यस्ता परिवारहरुले सम्पर्क गर्न र आएर निःशुल्क भोजन लैजान पनि समितिले आग्रह गरेको छ