stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

जिनियस स्कुलबाट खाद्यान्न सहयोग

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १४ गते आइतबार

काठमाडौ । गोकणेश्वर नगरपालिकाको वडा नम्बर १ को रामजानकी आधारभूत बिद्यालयकाे प्राङ्गणमा लकडाउनका कारण खानाकाे ब्यबस्था गर्न कठीन भएका परिवारहरुलाई बेलुकाको खाना खुवाउने गरिएको आज आठौं दिन भएकाे छ ।

यस कार्यक्रमलाई सफल पार्न दाताहरुको सहयोग उपलब्ध गराउने कार्यमा १ नम्वरका वडा अध्यक्ष राम मानन्धरले धेरै सक्रिय भूमिका निर्वाह गर्नु भएको छ । उहाँ कै आग्रहमा आज जिनियस इङलिस स्कुलका प्रिन्सिपल रमा पाेखरेलबाट ३० के जीका १५ बाेरा चामल , १५ लिटर तेल, १५ केजी दाल, २ बाेरा आलु , १५ केजी नुन, तरकारी मसला, गरि जम्मा ३४९३० मुल्य बराबरको राहत सामाग्री उपलब्ध गराउनु भई वडा अध्यक्ष राम मानन्धरलाई हस्तान्तरण गर्नुभएको छ ।

भाेजन बितरण कार्यक्रमलाई सफलतापूर्वक सञ्चालन गर्न मिलिजुली भाेजन व्यवस्थापन समितिका अध्यक्ष दामाेदर खनाल, सदस्यहरु द्वारिका श्रेष्ठ, गाैतम खनाल, सराेज चालिसे , तिर्थ तामाङ, लगायत सम्पूर्ण सदस्यहरुको बिशेष याेगदान रहेकाे छ ।

त्यसैगरि आठौं दिन सम्म पनि भान्सामा दिनभर खटिएर मिठो भाेजन तयार पार्ने काममा रामशरण खड्का, राजेन्द्र सिंखडा, श्याम श्रेष्ठ, यादव थपलिया, तिर्थ रानामगर , कुमार खड्का, अन्जु र सन्ध्या थापा , सानु तामाङ लगायतले निःशुल्क सहयोग गर्दै आएका छन् । भाेजनकाे व्यवस्था सुरु हिन्दू स्वयं सेवक संघ नेपालले सहयोग गरेको थियो।

लकडाउनका कारण खानाकाे ब्यबस्था गर्न कठीन भएका परिवारहरुलाई बेलुकाको खाना खुवाउने कार्यक्रम निरन्तर चलिरहेको हुँदा त्यस्ता परिवारहरुले सम्पर्क गर्न र आएर निःशुल्क भोजन लैजान पनि समितिले आग्रह गरेको छ

prabhu mahalaxmi
kumari bank
kumari