stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

प्रधानमन्त्रीको छोटो सन्देश र पूर्वीय सॅस्कारका उन्नायक

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल वैशाख ७, २०७७ आइतबार
सुरेश आचार्य –
प्रधानमन्त्री केपी ओलीको कोरोना सम्बन्धी हिजोको प्रस्तुतिलाई कतिपयले खिल्ली उडाएको फेसबुकमा पाएँ । तर मलाई चाही प्रधानमन्त्रीले छोटो, स्पष्ट र वैज्ञानिक तथ्यका साथ सबैले बुझने गरी कोरोना रोकथामको उपाय बताउनु भएको जस्तो लाग्यो । मैले एकजना विश्वविख्यात वैज्ञानिकले सिएनएनमा ठिक प्रधानमन्त्रीले भन्नु भए झै गरी कोरोना निर्जीव भएकोले त्यसलाई मार्न नसकिने तर त्यसको बाहिरी पत्रको रूपमा रहेको फ्याट्टी एसिडलाई तातोपानीले पखालेर बगाएर बिलुप्त वा अस्तित्वविहीन बनाउने गर्नुपर्छ भनेको स्मरण भएर आएको छ ।
बोलीचालीको भाषामा कोरोनालाई आफ्नो स्वासनली वा फोक्सोमा घर बनाउन दिनु नहुने नै मुख्य कुरा हो । यसैबीच, कोरोना संक्रमित भई तीन हप्ताको उपचार र संयमका साथ निको भएका (संक्रमणमुक्त) दुई महिला (१९ वर्ष कि र ६५ वर्ष कि) को अन्तरवार्ता हिजो टिभीमा हेर्दा उहाॅहरू दुवैको जोड “आत्मबल” बलियो राख्न सकियो भने कोरोनाको आक्रमणबाट मुक्त हुन सकिने समान धारणामा प्रक्ष्येपण भएको पाएँ ।  यी भुक्तभोगीहरूले त्यति भन्न वा आफ्नो अनुभव भन्दा लौ यी त वैज्ञानिक भएछन् भनेर खिल्ली उडान अवश्य मिल्दैन ।
उहाॅहरूले कोरोनाबाट जोगिने र बाॅच्ने टिप्स दिनु भएको हो ! प्रधानमंत्री ओलीको भनाई र दुवै कोरोनामुक्त महिलाहरूको भनाईमा खासै भिन्नता वा गल्ती छ भन्ने मैले ठानेको छैन । तर राजनीतिक पार्टीका प्रमुख, पार्टीका नेताहरू समेत केही बुद्धिजीविहरूले प्रधानमन्त्रीओलीलाई हिजोको उहाॅको भनाईको खिल्ली उडाउॅदै उपहास गरेको देखियो ।
मलाई लाग्छ, हामीले नीति मा होइन कार्य मा, बृहत होइन संकीर्ण र संस्था होइन व्यक्तिको पछाडि लाग्न वा बद्खोई गर्दा, मूल विषय वा अहिलेको सन्दर्भमा कोरोना रोकथाममा विषयान्तर हुन थाल्न पुग्छौं । अहिले कोरोना महासंक्रमणका कारण आम जनता भोक, रोग र प्रकोपबाट बच्ने प्रयासमा व्यस्त छन् ।
अहिले कोरोना रोकथाममा सरकारको कमीकमजोरी औंल्याउॅनु वा जनतालाई जीवनचर्या सहज गराउने विचार प्रक्ष्येपण हुनुलाई अन्यथा लिन सकिदैन । तर कोरोना रोकथामकै विषयमा केन्द्रीत हुनुपर्ने बेलामा “राजा फर्काउने, सरकार फेर्ने वा व्यवस्था नै पल्टाउने” नितान्त राजनीतिक मुद्दाले कुनै पनि आकार लिन असंभव छ ।
यस्तो असान्दर्भिक अभिव्यक्ति अहिलेको विषम परिस्थितिमा जो कतैबाट आए पनि त्यो केवल ‘Pennywise but Pound Foolish’ अर्थात ‘सबैकाम छोडि पुच्छरमा हात’ हुनेछ । तर केही राजनीतिक पार्टीका प्रमुख वा नेताहरूबाट समेत यस्तो विचार प्रवाहित हुदा जनताले पत्याउने उनीहरूको आधार उनीहरू स्वयमले समाप्त गरिरहेका छन भन्ने मलाई लाग्छ ! प्रधानमन्त्री ओलीको सरकार दुधले धोएको पवित्र र निष्कलंक छैन, तर दुइ-दुइ पटक मृगौला प्रत्यारोपण गरिसकेका प्रधानमन्त्री ओलीको हिजोको प्रस्तुतिका बेला उनको अनुहारमा देखिएको आभापूर्ण चमक-दमक लोभलाग्दो थियो, त्यहाॅ नाटकीयता पटक्कै थिएन ।
एकछिन संकीर्ण राजनीतिलाई अलग राखेर मैले हेर्दा मलाई त्यस्तै अनुभूति भयो । मैले आज बिहानै निष्कर्श निकाले कोरोना संक्रमणमुक्त दुवै महिला र प्रधानमन्त्री ओलीलाई साॅच्चि नै “आत्मबल” ले पुनर्जीवन दिएको रहेछ ।
धेरै अरूलाई पनि मनमा त्यस्तै लागेको हुनुपर्छ । प्रमं ओलीको अहिलेको शारिरीक र मानसिक आत्मबल, कथम्कदाचित राजनीतिक आत्मबमामा अनुवाद भएछ भने उनले त्यस क्षेत्रमा अझ बलियो पुनर्जीवन पाउनसक्ने देखिदैन त?
prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long