stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सिटिजन्स बैंक तेह्रौँ वर्षमा, लकडाउनकै बेलामा नयाँ निक्षेप योजना सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल वैशाख ७, २०७७ आइतबार

काठमाडौं । २० औं वाणिज्य बैंकको रुपमा स्थापना भएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले तेह्र वर्ष पूरा गरी चौध वर्षमा प्रवेश गरेको छ । कोरोना भाइरस (कोभिड–१९) ले विश्व नै आक्रान्त बनेको बेला अत्याधुनिक प्रविधिलाई अपनाउँदै उच्च स्तरिय बैंकिंग सेवा प्रवाह गर्दै आएको बैंकले यस पालिको वार्षिकोत्सव भर्चुृअली मनाएको छ ।

विगतमा विभिन्न समारोहहरुको आयोजना गरी हर्षोल्लासका साथ मनाउँदै आएको वार्षिकोत्सव कार्यक्रम यस वर्ष बैंकले विश्वभरी फैलिएको कोरोना भाइरसको जोखिम र लकडाउनका कारण भर्चुृअली मनाएको छ । यस बैंकको  आज बसेको ३३२ औं सञ्चालक समितिको बैठकले यस सुखद् अवसरमा समस्त आदरणीय ग्राहकवर्ग, शेयरधनी, नियामक निकाय कृतज्ञता व्यक्त गरेको छ ।

यही अवसरमा १३ वर्षको अवधिमा बैंकद्वारा हासिल विभिन्न उपलब्धि तथा प्रमुख वित्तीय सूचकाङ्कहरु समावेश गरेर तयार पारिएको डिजिटल प्रस्तुति सार्वजनिक गरेको छ ।  यो प्रस्तुति यस बैंकको website तथा Facebook   लगायतका सामाजिक सञ्जालमा समेत राखिएको व्यहोरा बैंकले जानकारी गराएको छ ।

 

 

हरेक त्रैयमासमा यस बैंकले प्रमुख वित्तीय सूचकाङ्क, कर्मचारीद्वारा लेखिएका विभिन्न लेखरचना तथा बैंकमा भएका विभिन्न गतिविधिहरु समावेश गरेर प्रकाशन गर्दै आएको ई बुलेटिनको दोस्रो संस्करणको लोर्कापण तेह्रौ वार्षिकोत्सवको सुखद  अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले गरेका छन ।

बैंकले आफनो १३ औं वार्षिकोत्सव को उपलक्ष्यमा “Citizens Xtra Fixed Deposit” निक्षेप योजना सार्वजनिक गरेको छ । ३ महिना देखि १० वर्षसम्मको अवधि तथा १ लाख रुपैयाँको न्यूनतम मौज्दातमा यो खाता खोल्न सकिने छ र यस खातामा ८.२५ प्रतिशत व्याजदर उपलब्ध हुनेछ । शाखा प्रबन्धकले उक्त व्याजदरमा ०.५० प्रतिशत व्याजदर सम्म थप गर्न सक्नेछन् ।

यस निक्षेप योजना अन्तर्गत व्यक्तिगत मुद्धति खाता खोल्नुुहुने गा्रहक महानुभावहरूले मुद्धति खाताबाट आर्जित व्याजमा समेत मुद्धति खाता बराबरकै ८.२५ प्रतिशत व्याजदर पाउन सक्नेछन् । यो निक्षेप योजना बैंकका सम्पूर्ण शाखा कार्यालयहरूबाट उपलब्ध हुनेछ ।

भर्चुृअली मनाईएको कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकमा अनवरत १० वर्ष सेवा प्रवाह गरी ‘दीर्घ सेवा सम्मान पदक’ बाट सम्मानित हुने कर्मचारीलाई धन्यवाद दिँदै बधाई तथा शुभकामना व्यक्त गर्नु भएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९४ वटा शाखा, ९४ वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाखभन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ । यस बैंकको ए.टि.एम कार्ड कुनै पनि बैंकको ए.टि.एम मा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गर्नुका साथै  ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकले ५० लाख रुपैयाँ सहयोग गरेको छ ।

prabhu mahalaxmi
kumari