stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

सरकार नै संकटको मूख्य कारण !

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad
अर्जुन नरसिंह के.सी
पूर्व तयारीमा पूर्ण बेवास्ता,स्वास्थ्य सामग्री खरिदमा भएको ढिला सुस्ती र भ्रष्टाचार, राज्यको प्रमुख एजेन्डा हुनुपर्ने कोभिड १९ नेकपा सत्ता संघर्सले गम्भीर विषय सूचीमै नपर्नु र स्वाथ्य संस्थाहरुलाई युद्धस्तरमा तयारी अवस्थामा राख्ने काममा धिंग्न्याइले देश गम्भीर संकट तिर धकेलिँदै छ।
महामारीले जनसमुदायमा फैलिएर विकराल रुप लिने सम्भावना देखिईसक्यो । पीसीआर जाँच, निगरानी तथा कन्ट्याक्ट ट्रेसिङ्ममा व्यापकता, क्वारेन्टाइनको वैज्ञानिक व्यवस्थापन र सीमाना बन्दलाई कडाईका साथ पालना गर्न सकेको भए समस्या काबुभित्रै रहने थियो, तर अब काबु बाहिर जाने खतरा बढिसकेको छ ।
सीमानामा खटाईएका सुरक्षाकर्मीलाई महामारीको जोखिम भत्ता, व्यवस्थित क्याम्प, आधारभूत सुविधा जुटाईदिने कर्तब्य सम्म पनि सरकारले पूरा गर्न सकेको छैन । सीमानाबाट जथाभावी प्रवेश गर्ने समुदायका कारण संक्रमण बढेको सरकारी भनाइछ । सीमानामा खटिएका सुरक्षाकर्मीहरू पिउने पानी पनि नपाई गर्मी, झरी र डुबानका बीच खटिरहेको अवस्था छ ।
अर्कातिर सरकारी तहमा भईरहेको भ्रष्टाचार, हिनामिना, चरम लापरवाही र बेवास्ता छदैछ, त्यसमाथि सत्तारुढ पार्टी नेकपाभित्र अहोरात्रको सत्ता–किचलो उत्तिकै दोषी छ।
यो किचलोमा जनताको दुःख सुखको प्रतिनिधि संसदलाई बाधक मानेर मध्यअसारमै संसदको वर्षे अधिवेशन बन्द गरियो । राज्यको जिम्मेवारी बोकेको पार्टीका शीर्ष नेताहरूबीच घन्टौं लामा छलफल हुन्छन्, तर त्यहाँ कोरोना महामारी, बाढी–पहिरो तथा डुबानबाट पीडित सर्वसाधारण, श्रमिक, निश्चित आय भएका वर्ग, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई सुविधा दिएर दक्षता र प्रतिफल बढाउने एजेन्डाले कहिल्यै प्रवेश हुन पाएन ।
रोगको डर सँगै भोकै मर्नु पर्ने आमजनतालाई नारकीय पीडा दिईरहेका यस्ता समस्याहरूमा कम्युनिस्ट नेतृत्वको सरकार न्यूनतम संवेदनशील पनि नहुनु वर्तमान संकटको मूख्य कारण भएको छ । देशको लागि योभन्दा दुःखद र दुर्दशा अरु के हुनसक्छ ? त्यो पनि समृद्धि, स्थिरता र बिकास को स्वर्णिम स्वप्नको आशा बाँडेर आउने कम्युनिस्ट क्रान्तिकारी सरकार बाट ?
भयो,अतिभयो अब सम्पूर्ण राज्य शक्ति , दलहरु,नागरिक समाज र हरेक व्यक्ति यो महा संकट र चुनौतीको सामना गर्ने वातावरण निर्मणमा सरकार इमान्दार बन !
prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long