stcnepal long ad
national life

अबकाे राजनीतिक निकास र कार्यदिशा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad
राम आचार्य
आ-आफ्नाे नीजि स्वार्थका कारण नेपालीको राजनीतिक वातावरण धमिलो बनेको छ । विना तयारीको लकडाउन वाट जनताले सास्ति भोग्नु परेको छ ।
क्वारेन्टाइन रोग सार्ने केन्द्र वनेको छ । राज्य उदासिन र गैर जिम्मेवार वनेको छ । कोरोना संक्रमण वढिरहेका वेलाम लकडाउन खुकुलो वनाएको छ ।
भारत संग बाहिर अनावश्यक शित वार देखाएर भारत विरोधी जनमतको सहानुभूति बटुल्दै सत्ता राष्ट्रवादी वन्न खोजेको देखाईदैछ । भष्टाचारले शिरदेखि तिर सम्म पुरिएको छ ।
नेपाल राष्ट्र र राष्ट्रियता गम्भिर खतरामा परेको छ । यस्तो अवस्थामा नेपालका न्यायप्रेमी जनताहरू चुप लागेर वस्ने की केही गर्ने भन्ने प्रश्न ज्वलन्त वनेको छ ।
– कोरोना संक्रमणलाई नियन्त्रण गर्न दुनियांका पूंजीवादी संसदीय ब्यवस्थाहरू असफल सावित भै सके । – कोरोना पछिको दुनियाँका संसदीय ब्यवस्थामा सन १९२९/३० को भन्दा ठूलो संकट पैदाहुदै छ भन्ने अर्थशास्त्रीहरूको विश्लेषणले बैज्ञानिक समाजवादको पक्षमा जनलहर आउने सम्भावनालाई कसैले रोक्न सक्दैन ।
 वर्तमानको भ्रस्टाचारी संसदीय ब्यवस्थाको सरकारलाई परास्त गर्न देशभक्त र प्रगतिशिल शक्तिहरू एकजुट हुन आवश्यक भएको देखिन्छ ।
 नक्सा अनुसारको नेपालीको भुमी प्राप्त गर्न भारतसंग राजनैतिक तहमा वार्ता गरिनुपर्छ । तर यो सरकारवाट सम्भव छैन , यसको नक्कली राष्ट्रवाद नक्सा सम्ममात्र देखिन्छ । – स्वदेश फर्केका र फर्कने क्रममा रहेका करिव करिव २० लाख युवाहरूलाई राज्यले कि त रोजगार दिनुपर्छ कि त वेरोजगार भत्ता दिनुपर्छ । 
MCC मार्फत नेपाललाई अमेरिकी अखडा र प्राकृतिक श्रोतको दोहनवाट बचाउन सवै देशभक्तहरू एकजुट भएर साम्राज्यवाद र यसका दलालहरूको भण्डाफोर गर्न ढिलाभैसकेको देखिन्छ । 
आन्तरिक रूपमा भ्रस्टाचार र वाह्ययरूमा साम्राज्यवाद-विस्तारवादवाट ´´ सेभ द नेशन “ भन्ने जागरण अभियान चलाउन आवश्यक देखिन्छ । 
राष्ट्रिय मुक्ति र वर्गिय मुक्तिको लागि सवै राष्ट्रियता ,समुदाय, जनवर्गहरूको बृहत् संयुक्त मोर्चा निर्माण गरौ , कम्युनिस्टहरू लाई बदनाम गर्ने संसदीय ब्यवस्थाको अन्त्य गर्न जुटौ ।
नेपाली दलाल र विस्तारवादी मिडियाबाजि नाटकको भण्डाफोर गरौ , पञ्चशिलको आधारमा वैदेसिक सम्वन्धको विकास गरौ ।
gold
kumari bank
kumari
nawakantipur long