stcnepal long ad
ime life insurance
national life
global ime bank long

सहमति जुटाउँदै नेकपा अध्यक्षद्धयबीचको वार्ता सम्पन्न, बिहीबार पुनः छलफल हुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र उत्कर्षमा पुगेको आन्तरिक विवाद समाधान गर्नका लागि भन्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको भेटवार्ता सकिएको छ ।

सहमतिको प्रयासका लागि भन्दै ६ दिनपछि आज मंगलबार  अध्यक्षद्वय ओली र दाहालबीच करिब सवा घण्टा वार्ता भएको हो ।

छलफलको श्रृंखलालाई कायम राख्दै दुई अध्यक्षबीच विहीबार पुनः छलफल हुने भएको छ । यस अगाडि आइतबार, सोमबार र मंगलबार ओली र दाहालबीच भेटवार्ता भएको थियो । तर, निकास ननिस्किएपछि नेकपाको स्थायी कमिटी बैठक लगातार स्थगित हुँदै आएको छ ।

पछिल्लो पटक साउन २ गतेसम्मका लागि बैठक स्थगित भएको छ । बहुमत सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागे गरेपछि नेकपाको शक्ति संघर्ष उत्कर्षमा पुगेको हो ।

उक्त विवादले पार्टी फुटको नजिक पुग्न लागेपछि सहमतिको प्रयासका लागि भन्दै दुई अध्यक्षबीच छलफल हुँदै आएको छ । पछिल्लो पटक दुवै अध्यक्षले हतार नगरी सहमति जुटाउने सार्वजनिक अभिव्यक्ति दिदै आएका छन् ।

IME Lifesidebar
kumari