stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

पार्टी एकता र नेकपाकाे विवाद

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर पि न्याैपाने

नेेपालको कम्युनिष्ट आन्दोलनले टुट फुट र विभाजनबाट शिक्षा लिएर विभिन्न आरोह अवरोह चिर्दै (एमाले र माओवादी वीचको एकताबाट ) नेकपा (नेकपा) मा रुपान्त्रण भएको छ ।

यस परिघटनाका साैन्दर्यात्मक प्रतिविम्वनले नेकपा (नेकपा) को भूमिकालाई निर्वाचन मार्फत सिङ्गो नेपाली राजनीतिको केन्द्रीय स्थानमा ल्याउन सफल भएको छ ।

यो सत्य हो कि नेकपा (नेकपा) निर्माणले जनतामा आसा कमिसन प्रकरण जस्ता बिकृतिको कारण सरकार तथा पार्टी उपर प्रश्न उठेको जगजाएर छ । कतिपय बिकृति रोकथाममा सरकार चुक्न पुगेको यथार्थ हो ।

यो पनि सत्य हो कि सरकारले गरेका कतिपय रणनीतिक महत्वका राम्रा कामहरु केही कार्यशैलीगत त्रुर्टी तथा दम्भका कारण ओझेल परेको निश्चितै हो । तर पनि सरकारका यस्ता कमि कमजोरी तथा कार्यशैलीगत दम्भ सच्याउनै नसकिने विषय भने पक्कै होइनन ।

यतिवेला पार्टी एकताबाट अत्तालिएका तथा गहन आधात महसुस गरेका क्रिश्चियन साम्राज्यवाद एवं उसका अनुचर र अवयवहरु एकता भाँड्न सक्रिय बनेका छन् । ति अनुचरहरु सुनियोजित रुपमा ओली /प्रचण्ड /झलनाथ / माधव /बामदेव /नारायण काजी आदिको नजिक र पक्षपोषणको घेराको रुपमा रहेर पुन तिक्तता र विग्रहको आगो सल्काउन यो वा त्यो आवरणमा क्रियाशील भएका छन् ।

सो कुरा ती पित अनुचरहरुले सामाजिक संजाल मार्फत छेडेको प्रपोगण्डाबाटै स्पष्ट हुन्छ । साम्राज्यवादी स्वार्थ समुह आफ्नो रणनीतिक स्वार्थ पुर्तिको लागि नेकपाको ब्रचश्व छिन्न भिन्न गराउन ,नेपाललाई तहस नहस र आफ्नो पित स्वार्थ परिपूर्ति गर्न रातो दिन खटिरहेका छन् ।

त्यस्ता सुनियोजित षडयन्त्रको परिणाम स्वरुप नेकपा (नेकपा) र वर्तमान सरकार झण्डै झण्डै विसर्जन र विघटन उन्मुख अवस्था सम्मुख उभिन पुगेको पनि हामी सबैलाई ज्ञात छ ।

यस स्थितिमा छिमेकी चीनको गहन सदभावबाट यी सम्पूर्ण प्रतिकुलता चिर्दै सरकारको स्थायित्व र पार्टीको एकता पुन सुनिश्चित हुन पुगेको अनुभुति हामी सबैलाइ खुशीको कुरा हो ।

पार्टी एकताको स्प्रिट भावना मूल्य स्खलित हुन नदिन सिङ्गो पार्टी पति र अध्यक्ष द्वय केपी शर्मा ओली ,प्रचण्डले सहमति र सहकार्यको राष्ट्रिय धर्म निर्वाहमा आफ्ना अनुचित घेरा तोड्दै थप जिम्मेवार बन्नुको विकल्प छैन ।

prabhu mahalaxmi
kumari bank
kumari