कामना सेवा विकास बैंक र रेमिट टु नेपालबीच विप्रेषण सम्झौता
काठमाडौं । कामना सेवा विकास बैंक र रेमिट टु नेपालची एक अर्काको प्रतिनिधिको रुपमा रही विप्रेषण सम्बन्धी कारोबार गर्ने गरी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट डिपोजिट तथा ट्रान्जेक्सन बैकिङ प्रमुख सुवास भट्टराई तथा रेमिट टु नेपालका तर्फबाट महाप्रबन्धक सन्तोष भेटुवालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतापछि ग्राहकहरुले अझै सहज रुपमा विप्रेषण सुविधा लिन सक्ने बैंकको अपेक्षा रहेको छ ।
बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा ६६ वटा मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।
साथै बैंकले एबिबिएस, एसएमएस बैंकिङ्ग, सिआश्वा, अनलाइन एकाउन्ट, अनलाइन लोन एप्लिकेशन लगायतका विभिन्न माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको बताएको छ ।




























