stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

पर्यटन क्षेत्र थचक्कै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

पुरु रिसाल

विमानहरूको इञ्जिन बनाउने कम्पनी रोल्स बायसले आफ्नो उत्पादन बिक्न छोडेपछि नौ हजार कामदारलाई कामबाट अवकाश दिएको छ । बोइङ कम्पनीले नयाँ अर्डर नपाएर आर्थिक स्थिति बिग्रँदै गएपछि शेयरको भाउ निकै तल झरेको छ ।

थाई एयरलाइन्सका विमानलाई पार्किङ गर्ने ठाउँ नपुगेर विभिन्न ग्राउण्डमा लगेर थन्क्याउनु परेको छ । नेपालका होटलहरूले अर्को छ महिना सेवा सञ्चालन गर्न नसकिने घोषणा गरेका छन् ।

चार्टर उडानको भरमा नेपाली विमान कम्पनीहरूले कर्मचारीको तलब जेनतेन धानेका छन् । ट्राभल एजेन्सी चलाउँदै आएका कम्पनीहरूको कार्यालय दुई महिना यता नखोलिँदा भित्र मुसा दाैिडन थालेका छन् ।

नियमित रूपमा सिमुलेटर तालिममा जान नपाएका पाइलटहरूको प्रमाणपत्रको म्याद कति दिन थप्नुपर्ने हो, टुङ्गो छैन । होटल रेस्टुरेन्ट बन्द भएकाले लाखौँ कर्मचारीको आर्थिक भविष्य कता जाने हो टुङ्गो छैन ।
निर्माणको अन्तिम चरणमा पुगेका राष्ट्रिय गौरवका आयोजना अलपत्र भएका छन् । विद्यालय बन्द भएकाले अभिभावकलाई केटाकेटी के गरेर टिकाएर राख्ने भन्ने टाउको दुःखाइ भएको छ  ।

सानोतिनो व्यवसाय गरेर परिवार पाल्ने वर्गलाई भविष्यको चिन्ता छ । वैदेशिक रोजगारीमा विदेश गएकाहरूलाई पहिलो कसरी नेपाल फर्कने र फर्केपछि के गर्ने भन्ने चिन्ताले सताइरहेको छ । यसरी व्यापक क्षेत्रलाई नकारात्मक असर पु¥याइरहेको कोरोना (कोभिड १९) बाट अरू क्षेत्र विस्तारै ब्युँतिने सम्भावना भए पनि पर्यटन क्षेत्र भने थचक्कै भएको छ, लामै समय उठ्न गाह्रो पर्ने देखिएको छ ।
पर्यटन भनेको कमाइबाट बचत गर्नसकेको रकमबाट संसारका विभिन्न ठाउँको घुमाइको स्वाद लिने क्षेत्र हो तर अर्थशास्त्रीहरू भन्दछन्, अब आर्थिक मन्दी लामो समयसम्म रहन्छ । सबैमा खर्च गर्ने क्षमता हुँदैन ।

अतिआवश्यक खर्च धान्नमै धौधौ पर्ने अवस्थामा कुन चाहिँ रकम बचत गरेर विदेश भ्रमण गर्ने ? यो नेपालीमा मात्र लागू हुने होइन, जुनसुकै मुलुकको आर्थिक परिसूचक हेर्दा उस्तै तस्बिर देखापर्दछ ।
अहिले आर्थिक वृद्धिदर वृद्धि होइन ह्रासको मात्रा मूल्याङ्कन गर्नुपर्ने देखिन्छ । वार्षिक ६÷७ प्रतिशतको वृद्धि पारित गरिएकोमा कतै ऋणात्मक हुने होइन भन्ने चिन्ता छ । नेपाल यसबाट अपवाद रहन सक्दैन । पर्यटन व्यवसायको व्यवधानले असर पार्ने क्षेत्रहरूमा विमान कम्पनीदेखि तरकारी र दूध उत्पादन गर्ने किसानसम्ममा पुग्दछ ।
सन् २०१९ मा विश्वव्यापीरूपमा एक अर्ब ५० करोडले पर्यटकका रूपमा यात्रा गरेका थिए भने नेपालमा भारतबाहेकका ११ लाख ७७ हजार पर्यटक घुम्न आएका थिए ।

त्यो अघिल्लो वर्षभन्दा २५ प्रतिशतले बढोत्तरी भएको थियो । ठूला होटलले अग्र्यानिक तरकारी खपत गर्थे भने साना र मझौला होटलले विषादीयुक्त नै सही किसानको आम्दानीमा सहयोग पु¥याउँथे । पोल्ट्री व्यवसायलाई पर्यटनक्षेत्रबाट ठूलै योगदान पुगेको थियो भने वन्यजन्तु आरक्ष आम्दानीका राम्रै स्रोत थिए । यी सबै क्षेत्र प्रभावित भएका छन् ।

अन्य आर्थिक गतिविधि नहुने पहाडी र हिमाली भेगमा पदयात्रीहे केही योगदान पु¥याउँथे । २०७५ सालमा पर्वतारोहणबाट झण्डै ४७ करोड रोयल्टी कमाइ भएको थियो । पर्वतारोहण क्षेत्रमै एक हजार ८२० जनाले रोजगारी पाएको तथ्याङ्कले देखाउँछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएका ट्याक्सीहरूले पर्यटक र अन्य यात्रुलाई सेवा पु¥याउनुका साथै परिवार पालेका थिए । घरेलु सामानमा पर्यटक आकर्षित गरेर जीविका गर्दै आएकाले अब के गर्ने नयाँ समस्या पैदा भएको छ ।
कोरोनाले ठूलो मार पर्ने क्षेत्रमा नेपालको होटल व्यवसाय परेको छ । दुईवर्ष अघि नेपालमा होटल सङ्ख्या एक हजार २५४ थियो भने त्यसमध्ये १३९ वटा तारे होटल थिए ।

त्यसपछि नेपाल भ्रमण वर्षलाई परिलक्षित गरी केही होटल थप भएका छन् । त्यस वर्ष होटल व्यवसायबाट गार्हस्थ उत्पादनको २.२ प्रतिशत अर्थात् ७७.८ अर्ब रुपियाँ कमाइ भएको थियो । सबै होटल गरी ४१ हजार शैया सङ्ख्या थिए । अहिले बन्दाबन्दीको अवस्थामा पुगेका होटलहरूका अगाडि बैङ्क ऋणको चिन्ताले सताएको छ ।
अहिलेसम्म कोरोनाले कतिसम्म दुःख दिन्छ भन्ने कुराको टुङ्गो छैन । न त प्रतिरोधात्मक खोप नै आविष्कारमा आएको छ । अहिले विश्व नै कुहिराको काग बनेर दौडिरहेको छ ।

त्यसो त कतिपय राष्ट्रले विभिन्न राहत प्याकेजको घोषणा गरेका छन् । हामीकहाँ व्यवसायीले माग गर्दै आएका छन्, सरकारले घोषणा गर्न सकेको छैन । यसरी सबै पक्षबाट पर्यटन क्षेत्रमा व्यापक र दीर्घकालीन असर पर्ने देखिन्छ । सन् २०१९ मा लोन्ली प्लानेटले संसारका घुम्नैपर्ने मुलुकहरूमध्ये पाँचाँैमा परेको नेपालमा पनि यसको असर देखिएको छ ।
                                                                                                                                         (लेखक वरिष्ठ पत्रकार हुनुहुन्छ ।) 

prabhu mahalaxmi
kumari