citizens life insurance long ad
stcnepal long ad

अखिल नेपाल कबड्डी संघको तुलसी थापा नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन

Nimb long ad
Prabhu Insurance Long Ad

अखिल नेपाल कबड्डी संघको तुलसी थापा नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन
काठमाडौं । अखिल नेपाल कबड्डी संघले तुलसी थापा नेतृत्वमा १७ सदस्य कार्यसमिति चयन गरेको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले, दोस्रो साधारण सभाले थापाको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरेको जानकारी दिएको हो ।

संघले, साधारणसभा मार्फत एक महिना भित्र कार्यालय व्यवस्थापन ६ महिना भित्र २०३७ साल देखि २०८० सम्म सम्पन्न अन्तराष्ट्रिय कवड्डी पदकधारीलाई सम्मान गर्ने, अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगिता आयोजना गर्ने, प्रशिक्षक तालीम दिने तथा महिला शसक्तिकरण कार्यक्रमलाई निरन्तरता दिने

त्यस्तै नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले नेपालमा कबड्डी विस्तारका लागि केही दिर्घकालिन योजनासहित अघि बढ्ने निर्णय गरेको बताइएको छ ।

साधारण सभाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पूर्व सांसद तुलसी थापाले कबड्डी संघले आफ्ना कामको प्रचार प्रसार गर्न नसकेको गुनासो गरिन् ।लगायतका निर्णय गरेको छ ।

‘कबड्डी संघको बारेमा खासै प्रसार भएको देखिदैन् । त्यसैले हामी अगामी दिनमा के काम गर्छौ भन्ने कुराको जानकारीसहित हाम्रो कामको मुल्यांकन गर्दै राष्ट्रको लागि खेलकुद सधँ रहिरहन्छ भन्न चाहान्छु ।

खेलाडिहरुको जनजीवनमाथि उठाउनको लागि आज खेलाडिहरुको दयनीय अवस्था छ त्यसलाई समाधान गर्न खेलाडीहरुलाई सम्मान र उनिहरुको जिविकोपार्जनको लागि राज्यले काम गर्नु पर्छ । ’

IME Life
kumari