citizens life insurance long ad
stcnepal long ad

फिफा वल्ड कपको प्रशारणबारे ध्यानाकर्षण

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आगामी २०७९ मंसिर ४ गतेदेखि कतारमा सञ्चालन हुन लागेको फिफा वल्ड कप २०२२ का ६४ वटै खेलको प्रशारण अधिकार नेपाल टेलिकमको मोबाइल तथा NTTV मा OTT मार्फत गर्नको लागि २०७९ भाद्र २४ गते बसेको सञ्चालक समितिको बैठकबाट सैद्धान्तिक सहमति दिएको छ।

उक्त विषयमा नेपाल टेलिकमको ग्राहक आधार, ग्राहकसम्म उपलब्ध नेटवर्कको प्रकृति, नेटवर्क अनुसार ग्राहकको फिफा वल्ड कप २०२२ प्रतिको अभिरुची, शहर तथा ग्रामिण ग्राहकको Screen Size  प्राथमिकता, NTTV सँग हुने राजस्व साझेदारीमा प्रभाव जस्ता व्यापारमा महत्वपूर्ण प्रभाव पार्ने तत्वहरुको वस्तुपरक विश्लेषण सहित कम्पनीको व्यावसायिक योजना एवं लाभ लागत, विश्लेषण गरेर मात्र व्यावसायिक योजना बनाउन सकेमात्र त्यस्ता व्यावसायिक योजना अर्थपूर्ण हुने, नत्र त्यस्ता योजना व्यापार घाटाको कारण मात्र बन्ने यथार्थलाई सवैले स्विकार्नु पर्ने देखिएको छ।

तसर्थ करीव २४ करोडको लागत सहित व्यापारिक योजनाको लागत संरक्षण र सोको च्बतभ या च्भतगचल को स्पष्ट आधार एवं IT क्षेत्रको सेवाको PRPXY  AERVER मार्फत हुनसक्ने चुहावट तथा अन्य सेवा प्रदायकहरु समेतबाट सोको प्रशारण बाट अपेक्षित व्यापार हुन सक्ने र नसक्ने यथार्थलाई तथ्यगत रुपमा CALCULATIPN गरेर यस्तो व्यापार गर्नु वाञ्छनीय हुने देखिन्छ ।

नेपाल टेलिकमले अङ्गिकार गर्ने संस्थागत सुशासन, आर्थिक विनियमावलीले खर्च तथा कार्यक्रम सञ्चालन गर्दा परिकल्पना गरेको पारदर्शिता, नतिजामुखी तथा मितव्ययितालाई समेत नकारात्मक प्रभाव पर्न जाँदा समग्रमा कर्मचारी र कम्पनीको उत्पादकत्वमा समेत प्रत्यक्ष असर पर्ने र यस्ता योजनाहरु ट्रेड युनियनका प्रत्यक्ष सरोकारका विषय बन्ने हुँदा यस्तो योजनाको विस्तृत व्यापारिक योजना, व्यापार नाफाको आधार सहितका तथ्य एवं त्यस्ता योजनाको सफलताको लागि युनियनले समेत खेल्न सक्ने भूमिकाका विषयमा विस्तृत छलफल गरी मात्र थप निर्णयमा पुग्न व्यवस्थापन समक्ष नेपाल टेलिकमले हार्दिक अनुरोध गरेको छ ।

यस्ता प्रस्तावहरुमा सरोकारवालाहरु विच व्यापक छलफल गरि निर्णय गर्न र यस प्रस्तावमा लगानी अनुरुपको प्रतिफल प्राप्त हुने सुनिश्चितता अध्ययन नगरि उक्त विषय अगाडि नबढाउन हुन सम्बन्धित पक्षमा गम्भीर ध्यानाकर्षण पनि गरेको छ ।

 

IME Life
kumari