stcnepal long ad
ime life insurance
national life
global ime bank long

आईबा विश्व महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन ईस्तानबुल प्रस्थान

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आईबा विश्व महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुनका लागि चार महिला सहित २ जना प्रशिक्षक र एक जना टिम व्यवस्थापक सहित जम्मा सात जनाको टोली मे ८ देखि १९ तारिखसम्म टर्किको इस्तानबुलमा ८३ देशका १९२ खेलाडीको सहभागितालाई शुक्रबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिशिङले बिदाई गरेका छन् ।

उक्त बक्सिङ टोलिमा नेपाली महिला बक्सिङ ४८ किलो तौल समुहमा नेपालकी उदियमान खेलाडी सुस्मा तामाङ्गले विश्व उत्कृष्ठ बक्सरहरुका बीच आफनो चुनौती प्रस्तुत गर्नेछिन् ।

तामाङ्गले यस अघि पनि आईव युथ वल्र्ड च्याम्पियनसिपमा आफनो उत्कृष्ठ प्रदर्शन गर्दै विश्व वरीयतामा आफुलाइ ६ नं वरीयताक्रममा उभ्याउन सफल रहेकी छन् ।

त्यसै गरी ५२ किलो तौल समुहमा १३ औ सागमा नेपाललाई स्वर्ण पदक जिताउन सफल एवम् एशियन ग्राण्डस्लाम बक्सिङ्ख च्याम्पियनशिपमा समेत रजत पदक जित्न सफल रहेकी मिनु गुरुङ्खले प्रतिष्पर्धा गर्नेछिन भने महिला ५७ किलो तौल समुहमा गत वर्ष रुषमा सम्पन्न आर्मीको विश्वस्तरको खेलमा एउटा फाईट जित्न सफल रहेकि चन्द्रकला थापाले प्रतिस्पर्धा गर्नेछिन ।

त्यसै गरी ६० किलो तौल समुहमा भने अल ईन्डिया ओपन च्याम्पियनसिपमा काश्य पदक जित्न सफल एवम् भर्खरै थाइल्याण्डको फुकेटमा सम्पन्न थाइल्याण्ड ओपन ईन्टरनेशनल बक्सिङ प्रतियोगितामा समेत काश्य पदक प्राप्त गरेकी पुनम रावलले प्रतिस्पर्धा गर्नेछन् ।

उक्त प्रतियोगितामा नेपालको तर्फबाट प्रमुख प्रशिक्षक प्रकाश थापामगर तथा आईबा थ्रि स्टार कोच एवम एशियन पदकधारी दीपक महर्जन रहेका छन भने टिम व्यवस्थापकमा नेपाल बक्सिङ संघका केन्द्रिय सदस्य एवम् योगा थेरापिष्ट पुष्कर राज पन्त रहेका छन् ।

उक्त प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने खेलाडीले एक लाख, दोस्रो स्थान प्राप्त गर्नेले पचास हजार, तथा तेस्रो स्थान प्राप्त गर्नेले पच्चिस हजार अमेरिकन डलर प्राप्त गर्ने छन् ।

साथै यहि सन २०२२ को सेप्टेम्बरमा चीनमा हुने १९ औ एशियन गेम्सका लागि महत्वपुर्ण तयारीको रुपमा पनि यो विश्व बक्सिङ च्याम्पियनसिपमा महत्वपुर्ण खेल हुने विश्वास बक्सिङ संघले लिएको छ ।

उक्त प्रतियोगिताको दौरानमा हुन गइरहेको आइवाको चुनावमा सहभागि हुनका लागि नेपाल बक्सिङ संघका अध्यक्ष श्री राम अवाले र केन्द्रीय सदस्य मान बहादुर भण्डारी पनि अर्को हप्ता ईस्तानबुल प्रस्थान गर्नेछन् ।

IME Lifesidebar
kumari