citizens life insurance long ad
stcnepal long ad

नेपाल र किर्गिस्तानबीचको खेल बराबरीमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । त्रिदेशीय फुटबल प्रतियोगित अन्तर्गत बिहीवार नेपाल र किर्गिस्तानबीच भएको खेल बराबरीमा सकिएको छ । बराबरीसँगै दुवै टिमले एक–एक अङ्क बाँडेका छन् ।

दशरथ  रङ्गशालामा भएको खेलमा नेपालले उत्कृष्ट मौका बनाउँदा पनि गोल भने गर्न सकेन । किर्गिस्तानको टोली दश खेलाडीमा सीमित भए पनि नेपालले मौकाको फाइदा उठाउन सकेन ।

खेलको ६६ औँ मिनेटमा किर्गिस्तानका कप्तान तासिभ कामोलिदिनले नेपाली खेलाडी अभिषेक रिजाललाई लडाएपछि रेफ्रीले दोहोरो पहेँलो कार्ड देखाउँदै उनलाई मैदानबाहिरको बाटो देखाएका थिए ।

अब आउँदो शनिवार नेपाल र बङ्गलादेशले खेल्नेछन्, त्यो खेलमा नेपालले बराबरी खेले पनि फाइनलमा पुग्नेछ । बङ्गलादेश भने यसअघिको खेलमा किर्गिस्तानलाई हराउँदै फाइनलमा पुगिसकेको छ ।

IME Life
kumari