citizens life insurance long ad
stcnepal long ad

एशियन लाइफले दियो मृतकको परिवारलाई ५९ लाख रुपैयाँ बीमा वापतको दाबी रकम

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीको बनेपा शाखाले मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको छ । कम्पनीले स्व. राजु कुमार अधिकारीको परिवारलाई मृत्यु दाबी वापत ५९ लाख २० हजार रुपैयाँ भुक्तानी गरेको हो ।

कम्पनीको सहायक महाप्रबन्धक लोकराज जोशीले बीमितको श्रीमति इन्दिरा पुडासैनीलाई बनेपा शाखा कार्यालयमा दाबी रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

स्व, अधिकारीले २०७५ असोज २१ गते ५० लाखको अग्रिम भुक्तानी सावधिक जीवन बीमा गराएका थिए । उनको २०७७ कात्तिक १८ गते निधन भएको बीमितले बीमा शुल्क वापत ३ वर्षको अवधिमा कम्पनीलाई १३ लाख ४२ हजार रुपैयाँ भुक्तानी गरेका थिए ।

IME Life
kumari