stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा राष्ट्रिय क्रिकेटका पूर्व कप्तान पारस खड्का

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एवं चर्चित खेलाडी पारस खड्कालाई ब्रान्ड एम्बेसडर चयन गरेको छ । यस सम्बन्धी सम्झौता पत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र क्रिकेट खेलाडी पारस खड्काले हस्ताक्षर गरेका हुन् ।

नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा भएको उक्त कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक अधिकारीले टेलिकम र फास्ट बलरका रुपमा परिचित पारस खड्का बीचको सहकार्य फलदायी र प्रभावकारी हुने अपेक्षा गरेका छन् । सो अवसरमा उनले नेपाल प्रहरीको फुटबल टिमलाई पनि प्रायोजन गरेको स्मरण गर्दै खेल क्षेत्रलाई कम्पनीले विशेष प्राथमिकतामा राखी सहयोग गरिरहेको बताए ।

समारोहमा कम्पनीका नवनियुक्त ब्रान्ड एम्बेसडर पारस खड्काले मुलुकको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी टेलिकमसँग आबद्ध हुन पाएकोमा गौरव महशुस गरेको बताए । उनले यो सहकार्यले क्रिकेट खेलका साथै टेलिकमद्वारा प्रदत्त सेवाहरु र नेपाल टेलिकमको ब्रान्डको प्रभावकारी प्रवद्र्धन हुने विश्वास व्यक्त गरेका छन् ।

हाल एक वर्षको लागि गरिएको सम्झौता अन्तर्गत रहेर क्रिकेट खेलाडी खड्का सम्झौता अवधिभर नेपाल टेलिकमका सेवा सुविधाहरु तथा कम्पनीको ब्रान्ड प्रवद्र्धनका विविध क्रियाकलापहरुमा सहभागी हुने छन् ।

kumari bank
kumari
nawakantipur long