च्याम्पियन्स लिग स् इन्टर मिलानमाथि रियल म्याड्रिडको सहज जित
एजेन्सी । यूईएफए च्याम्पियन्स लिग स्पेनिस च्याम्पियन रियल म्याड्रिडले इन्टर मिलानलाई पराजित गरेको छ ।
गएराति भएको समूह बीको खेलमा म्याड्रिडले इन्टरलाई २–० गोल अन्तरले पराजित गरेको हो । इन्टरलाई उसैको घरेलु मैदानमा पराजित गर्नको इडेन हाजार्ड र रोड्रीगोले समान १–१ गोल गरे ।
खेलको सातौं मिनेटमा नै हाजार्डले पेनाल्टी गोलमा गर्दै रियललाई अग्रता दिलाएका थिए । पेनाल्टी क्षेत्रभित्र निकोलो बरेलाले नाचो फर्नान्डेजलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।
पहिलो हाफमा एक गोल गरेको रियलले दोस्रो हाफमा पनि एक गोल थप्यो । खेलको ५९ औं मिनेटमा रियलका लागि रोड्रीगोले दोस्रो गोल गरे ।
मैदान प्रवेश गरेको ३० सेकेन्ड नबित्दै उनले लुकास भाज्केजको क्रसमा पेनाल्टी क्षेत्र भित्रबाट भली प्रहार गर्दै अग्रता दोब्बर पारेका थिए ।
इन्टरले गोल गर्ने केही अवसर पाए पनि गोल गर्न भने सकेन । ३३ औं मिनेटमा आर्टुरो भिडालले रातो कार्ड प्राप्त गरेपछि इन्टर मिलान १० खेलाडीमा समेटियो थियो ।
पेनाल्टी क्षेत्रभित्र राफेल भारानले सहि ट्याकल गरेपनि पेनाल्टी मागेका भिडाललाई रेफ्री एन्थोनी टेलरले अत्याधिक कराएपछि पहेंलो कार्ड देखाएका थिए । तर कार्ड देखाएलगत्तै रेफ्रीमाथि पुनस् जंगिएपछि टेलरले दोस्रो पहेंलो कार्ड देखाउँदै उनलाई मैदानबाहिर पठाए ।
यो जितसँगै रियल म्याड्रिड ४ खेलमा ७ अंक सहित दोस्रो स्थानमा छ । मोन्चेनग्लाडबाक ४ खेलमा ८ अंकसहित शीर्षस्थानमा छ । शाख्तर ४ अंकसहित तेस्रो स्थानमा छ भने इन्टर मिलान २ अंकसहित पुछारमा छ । इन्टर अर्को चरणमा छनोट हुने झिनो सम्भावना बाँकी छ ।





















