citizens life insurance long ad
stcnepal long ad

जनस्वास्थ्य कार्यालय टेकुबाट प्रमाणिकरण नभएका पिसिआर रिपोर्टको बीमा दावी भुक्तानी नहुने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कोरोना बीमाको दावी भुक्तानीको अण्डरराईटिङले स्वास्थ्य मन्त्रालय मातहत रहेको टेकुस्थित जनस्वास्थ्य कार्यालयबाट प्रमाणिकरण नभएका कोरोना पिसिआर टेष्टको रिपोर्टको दावी भुक्तानी नगर्ने भएको छ ।

बीमा पुल, बीमा समिति र कोरोना बीमा सम्बन्धी अर्थमन्त्रालयसहितको कार्यदलले प्रमाणिकरण नभएका पिसिआर रिपोर्टको दावी भुक्तानी नगर्ने सहमति भएको स्रोतले जनाएको छ । यद्यपि बीमा समितिले औपचारिक निर्णय भने गरेको छैन ।

कोरोना बीमा दावीका लागि बीमितहरुले पेश बीमा कम्पनीमा पेश गरेको करिब १५ प्रतिशत पिसिआर परिक्षण रिपोर्टहरुको आधिकारिकता प्रमाणिकरण नहुने समस्या उत्पन्न भएको छ ।

नक्कली पिसिआर रिपोर्ट बीमा दावीका लागि आएको बीमा कम्पनीहरुको अनुमान छ । यद्यपि सो सम्बन्धमा पनि अनुसन्धान भई यथार्थ खुल्न बाँकी छ ।

टेकुस्थित इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले बीमा पुलमार्फत प्राप्त पिसिआर रिपोर्टहरु नेपाल सरकारबाट मान्यता प्राप्त ल्यावहरुमा परिक्षण गरी दैनिक विवरण सूचिमा नाम समावेश भएरनभएको जाँच गरी प्रमाणित भएकाहरुले मात्रै कोरोना बीमाको दावी भुक्तानी तत्काल पाउने भएका छन् ।

कोरोना बीमाको दावी भुक्तानीको लागि ठूलो मात्रामा नक्कली पिसिआर रिपोर्ट पेश भएको आशंका गरिएको छ । प्रारम्भिक रुपमा १५ प्रतिशत रिपोर्ट शंकाको घेरामा परेका छन् ।

हालसम्म ३० हजार भन्दा बढिको कोरोना बीमा दावी परेका छन् । पछिल्लो समय सरकारले कोरोना परिक्षणको लागि सरकारी परिचयपत्र अनिवार्य गरेको छ ।

IME Life
kumari