stcnepal long ad
ime life insurance
national life
global ime bank long

महिला एसियन कप खेल्ने यू २० नेपाली टोली घोषणा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । २० वर्षमुनीको महिला एसियन कप छनोट खेल्ने नेपाली महिला टोलीको घोषणा भएको छ। भुटानको थिम्पुमा आयोजना हुने टोलीको कप्तानी बिर्सना चौधरी गर्ने अखिल नेपाल फुटबल एसोसिएसन (एन्फा)ले जनाएको छ। चौधरीको नेतृत्वमा २३ सदस्यीय टोली घोषणा गरेको हो।

छनोट प्रतियोगितामा सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘ए’ मा छ। यस समूहमा उत्तर कोरिया, भुटान र साउदी अरेबिया छन्। समूह ‘ए’का खेलहरू साउन २१ देखि २६ गतेसम्म थिम्पुमा आयोजना हुने छन्।

मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले हालै बंगलादेशमा सम्पन्न साफ यू २० महिला च्याम्पियनसिप खेल्ने टिममा समावेश लेफ्ट ब्याक झुमा विश्वकर्मालाई बाहिर राख्दै सजिना स्याङतानलाई टिममा सामेल गरेका छन्।

IME Lifesidebar
kumari