stcnepal long ad
ime life insurance
global ime bank long

ईपीएलमा लिभरपुललाई १६ अङ्कको अग्रता

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा शीर्ष स्थानको लिभरपुलले साउथ्याम्पटनलाई हराएको छ । आफ्नो घरेलु मैदान एन्फिल्ड सेटेडियममा गएराति भएको खेलमा लिभरपुलले साउथ्याम्पटनलाई ३–१ गोलले हरायो । लिभरपुलका मोहम्मद सलाहले २ र डार्विन नुनेजले १ गोल गरे । साउथ्याम्पटनका विल स्मलबोनले १ गोल फर्काए ।

यो जीतसँगै लिभरपुलले दोस्रो स्थानमा रहेको आर्सनलसँग १६ अङ्कको अग्रता बनाएको छ । लिभरपुलले २९ खेलमा ७० अङ्क जोड्दा आर्सनलको २७ खेलमा ५४ अङ्क छ ।

यस्तै ईपीएल अन्तर्गत गएराति भएका अरू खेलमा नटिङ्घम फरेस्टले म्यानचेस्टर सिटीलाई, क्रिस्टल प्यालेसले इप्सविच टाउनलाई र एस्टन भिलाले ब्रेन्टफोर्डलाई समान १–० ले पराजित गरेका छन् । यस्तै ब्राइटनले फुलहामलाई २–१ गोलले पराजित गर्दा वुल्भ्स र एभर्टनले १–१ गोलको बरावरी खेलेका छन् ।

prabhu mahalaxmi
kumari