stcnepal long ad
ime life insurance
global ime bank long

आइएमई लाइफ इन्स्योरेन्सको साधारण सभा आज फागुन २५ गते बस्दै

२१ प्रतिशत लाभांश पारित गरिँदै

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सभा आज फागुन २५ गते बस्दैछ । साधारण सभाले हाल कायम चुक्ता पुँजीको २१.०५२६४ प्रतिशत करसहित नगद लाभांश पारित गर्नेछ ।

त्यस्तै, साधारण सभाले गत आर्थिक वर्षको वित्तीय विवरण माथि छलफल गरी पारित गर्नेछ । साथै, चालू आर्थिक वर्षका लागि लेखापरीक्षकका नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने,कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको खर्च स्वीकृत गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्स कम्पनीले फागुन १५ गते बुक क्लोज गरिसकेको छ ।

त्यसैले फागुन १३ गतेसम्म नेप्सेमा कायम रहने शेयरधनीले प्रस्तावित लाभांश पाउनुका साथै साधारण सभामा पनि सहभागी हुन पाउनेछन् । साधारण सभा दियो महल, धुम्बाराही, काठमाडौंमा बिहान ११ बजेबाट बस्नेछ ।

prabhu mahalaxmi
kumari