आइएमई लाइफ इन्स्योरेन्सको साधारण सभा आज फागुन २५ गते बस्दै
२१ प्रतिशत लाभांश पारित गरिँदै

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सभा आज फागुन २५ गते बस्दैछ । साधारण सभाले हाल कायम चुक्ता पुँजीको २१.०५२६४ प्रतिशत करसहित नगद लाभांश पारित गर्नेछ ।
त्यस्तै, साधारण सभाले गत आर्थिक वर्षको वित्तीय विवरण माथि छलफल गरी पारित गर्नेछ । साथै, चालू आर्थिक वर्षका लागि लेखापरीक्षकका नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने,कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको खर्च स्वीकृत गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।
लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्स कम्पनीले फागुन १५ गते बुक क्लोज गरिसकेको छ ।
त्यसैले फागुन १३ गतेसम्म नेप्सेमा कायम रहने शेयरधनीले प्रस्तावित लाभांश पाउनुका साथै साधारण सभामा पनि सहभागी हुन पाउनेछन् । साधारण सभा दियो महल, धुम्बाराही, काठमाडौंमा बिहान ११ बजेबाट बस्नेछ ।