citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

मैत्रीपूर्ण फुटबल खेलमा नेपाल र अफगानिस्तान भिड्दै

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । नेपालले आज अफगानिस्तानसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दै छ । नेपालले ताजिकिस्तानस्थित डुशानबे सेन्ट्रल स्टेडियममा नेपाली समय अनुसार साँझ ६:४५ बजेदेखि अफगानिस्तान विरुद्ध खेल्ने तालिका रहेको छ ।

यसअघि बुधबार भएको ताजिकिस्तान विरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल ४–० गोल अन्तरले पराजित भएको थियो ।

फिफा वरियता १५१औं स्थानमा रहेको अफगानिस्तानसँग नेपालले अहिलेसम्म ६ खेल खेलेको छ । जसमा ३ खेलमा जित हासिल गरेको छ, २ बराबरी खेलेको छ भने एक खेलमा हार बेहोरेको छ । २०१३ यता नेपालले अफगानिस्तानसँग पहिलो पटक फुटबल खेल्दै छ ।

मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय नेपाली टिम

गोलकिपर: किरण कुमार लिम्बु (सी), दीप कार्की, विशाल सुनार ।

डिफेन्डरः अभिषेक लिम्बु, रोहित चन्द, चिरिङ लामा, विमल पाण्डे, सनिश श्रेष्ठ, अभिषेक वाइबा, रणदिप पौड्याल, अन्जल महर्जन ।

मिडफिल्डरः रोहन कार्की, मणि लामा, अरिक विष्ट, अरविन्द राई, भरत खवास, उत्सव राई, मनिष डाँगी, आयुष घलान, सुमित श्रेष्ठ । फरवार्डस् जिलेस्पे जंग कार्की, अन्जन विष्ट, निरजन धामी ।

gold
himalayan life insurance long ad