stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

स्वावलम्बन लघुवित्तको २३ औं वार्षिक साधारण सभा सम्पन्न

प्रस्तावित लाभांश पारित

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २३ औं वार्षिक साधारण सभा कार्तिक ३० गते शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष डा.सुमित्रा मानन्धर गुरुङ्गको अध्यक्षतामा बसेको साधारण सभाले शेयरधनीलाई १४.२५ प्रतिशत बोनश र ०.७५ प्रतिशत नगद (बोनस शेयरको कर प्रयोजनको  लागि)  गरी १५  प्रतिशत  लाभांश वितरण गर्ने  प्रस्ताव पारित गरेको छ ।

साधारण सभाले संस्थाको सञ्चालक समितिमा रिक्त हुने सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना संचालकमा रविन कुमार श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको छ ।

आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण गर्नको लागि सुन्दर एण्ड कम्पनी, चार्टर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गर्नुका साथै अन्य इजाजतपत्र प्राप्त “घ” वर्गका एक वा एक भन्दा बढि लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जररप्राप्ती गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन संचालक समितिलाई अधिकार प्रत्यायोजना गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा–नोक्सान हिसाव लगायत अन्य वित्तीय विवरण समेत पारित गरेको छ । वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ मा रु.३५ करोड ९७ लाख ८३ हजार ८ सय ५६ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

चालु आ।व।को असोज मसान्तसम्म ६१ जिल्लाका १४५ शाखारउपशाखा कार्यालय तथा ९ वटा इलाका कार्यालय मार्फत २ लाख ६१ हजार ७ सय ४५ महिला ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

सो अवधिमा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जा रकम रु।२१ अर्व ३१ करोड २१ लाख पुगेको छ भने सदस्यको बचत यस अवधिसम्ममा रु।१४ अर्व ३९ करोड १९ लाख रहेको छ ।

राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाका रुपमा कारोवार गरिरहेको र वित्तीय पहुँच कम रहेका देशका विभिन्न ग्रामीण तथा शहरी क्षेत्रमा सर्वसुलभ, गुणस्तरिय र ग्राहकमूखि सेवा विस्तारको योजना साथ अगाडि बढेको संस्थाको जारी तथा चुक्ता पूँजी रु.१ अर्ब ६५ करोड ६६ लाख २५ हजार कायम गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको छ ।

prabhu mahalaxmi
kumari