stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

नेपाल वायुसेवा निगमको ‘न्यारोबडी ग्राउन्डेड’ हुँदै

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । विस्तृत मर्मतसम्भार (सि–चेक) का लागि इटाली पुगेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज नफर्किंदै अर्को न्यारोबडी जहाज ‘ग्राउन्डेड’ हुने भएको छ ।

एक महिनाभित्र जहाजको सम्पूर्ण मर्मतको काम सक्ने गरी भदौ १२ गते एयरबस ए ३३०–२०० सिरिजको नाइन एन एएल जेड जहाज इटाली पुर्‍याइएको थियो ।

निगमका प्रवक्ता रमेश पौडेलले जहाजको पार्टपुर्जा आपूर्ति गर्ने कम्पनीले जर्मनी, अमेरिका लगायतका मुलुकबाट स्पेयर पार्ट्स इटाली पठाउनुपर्ने भएकाले खरिद, भन्सार लगायतका कारण जहाजको परीक्षणमा समय लाग्ने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्राविधिक जाँचका लागि इटालीको नेपल्समा रहेको जहाजको विस्तृत परीक्षणको काम जारी छ । सि–चेक प्राविधिक प्रक्रिया भएकाले काम सम्पन्न हुने बित्तिकै जहाजको (सर्टिफिकेट अफ एयर वर्दिनेस) को परीक्षण भएपछि जहाज नेपाल फर्किन्छ ।”

जहाजको विस्तृत मर्मत सम्भारको काम करिब अन्तिम चरणमा रहेकाले जहाज नोभेम्बरभित्रै नेपाल फर्काउने गरी काम भइरहेको उहाँले बताउनुभयो ।

यसअघि वाइडबडी जहाजको मर्मतका क्रममा एजेन्ट (एमआरओ) कम्पनी एटिआइटेकले सम्झौता अनुसार जहाज फिर्ता नगरेकाले अहिले समयमै जहाज फर्काउन निगमले ताकिता गरिरहेको उहाँको भनाइ छ ।

अबको १५ दिनभित्र उक्त जहाज नेपाल भित्रिए पनि अन्तर्राष्ट्रिय उडानमा प्रयोग भइरहेका दुई न्यारोबडी ए ३२० को जहाजमध्ये एक जहाज भने उडान समयका कारण अबको १० दिनभित्र ग्राउन्डेड हुन लागेको निगम स्रोतले जनाएको छ ।

वाइडबडी जहाज फर्केलगत्तै न्यारोबडी जहाजको सि–चेकका लागि कम्पनी छनोट गर्न टेन्डर प्रक्रिया जारी रहेको प्रवक्ता पौडेलले बताउनुभयो ।

एटिआइटेकले यसअघि असार ८ गते इटली पुगेको जहाज पनि २७ भदौमा ८ दिनपछि मात्रै फर्काएको थियो ।

अन्तर्राष्ट्रिय गन्तव्यमा उडाएर लाभ दिन सक्ने वाइडबडी जहाज लामो समय विदेशमा थन्किँदा निगमले ठुलो घाटा बेहोर्दै आएको छ । सम्झौता अनुसार जहाज नेपाल नफर्किंदा निगमले दैनिक डेढ करोडभन्दा बढी रुपियाँ आम्दानी गुमाउँदै आएको छ ।

 

prabhu mahalaxmi
kumari bank
kumari