stcnepal long ad
global ime bank long

टी–२० विश्वकपः क्यानडाद्वारा आयरल्याण्ड पराजित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं। अमेरिका र वेष्टइण्डिजमा जारी आइसिसी टी–२० विश्वकप क्रिकेटमा क्यानडाले ऐतिहासिक जित हासिल गरेको छ।

शुक्रबार राति भएको खेलमा टी–२० विश्वकप क्रिकेटमा एसोसिएट राष्ट्र क्यानडाले टेस्ट राष्ट्र आयरल्याण्डमाथि १२ रनको जीत निकालेको हो।

टस हारेर पहिला ब्याटिङ गरेको क्यानाडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३७ रन बनाएको थियो।

क्यानाडाका निकोलस किर्तन अर्धशतकबाट एक रनले चुके। उनले ३५ बलमा ३ चौका र २ छक्कासहित ४९ रन मात्र बनाउन सके । यस्तै श्रेयस मोभ्भाले ३६ बलमा ३७ रन बनाए। पर्गत सिंहले १८ रन जोडे।

आयरल्यान्डका लागि क्रेज योङ र व्यारी मक्कार्थिले समान २–२ विकेट लिए भने जोशुवा लिटल र ग्यारेथ डिलेनीले १–१ विकेट लिए।

जवाफमा आयरल्यान्डले ७ विकेटको क्षतिमा १२५ रन मात्र जोड्न सक्यो। आयरल्यान्डका लागि मार्क अडेयरको ३४ रन सर्वाधिक रह्यो । उनले २४ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे । यस्तै जर्ज डकरेलले ३० रन जोडे।

क्यानाडाको जितमा जेरेमी गोर्डन र डिलन हेलिगरले २–२ तथा जुनेद सिद्दिकी र साद विन जफरले १–१ विकेट लिए।

समूह ए मा क्यानाडाको दुई खेलमा यो पहिलो जित हो । आयरल्यान्डले भने दुईवटै खेलमा पराजय व्यहोरेको छ।

यस समूहमा अमेरिकाको दुई खेलमा ४ अंक रहेको छ । भारतको एक खेलमा दुई अंक छ भने पाकिस्तान एक खेलमा अंकविहीन छ।

 

IME Lifesidebar
kumari