macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

इंग्लिस प्रिमियर लिग : लिभरपुल फेरि शीर्ष स्थानमा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा शनिबार फेरि उक्लेको छ । यसका लागि उसले बर्नलीलाई ३–१ ले हरायो । यो खेल हेर्न एनफिल्डमा कीर्तिमानी ५९ हजार ८ सय ९६ दर्शक उपस्थित थिए ।

उसका लागि डिएगो जोटाले पहिलो गोल गरेयता रेलिगेसनबाट बच्न संघर्ष बर्नलीका लागि डारा ओ’सले बराबरी गोल फर्काए । त्यसपछि लुइस डियाज र डारविन नुनेजले गोल गरे ।

यसअघि डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले एभरटनलाई २–० ले हराएर शीर्षमा उक्लेको थियो ।

अन्य खेलमा फुलहमले बर्नमाउथलाई ३–१, सेफिल्ड युनाइटेडले लुटन टाउनलाई ३–१, टोटनहमले ब्राइटनलाई २–१, ब्रेन्टफोर्डले उल्भ्सलाई २–० ले न्युकासल युनाइटेडले नटिङ्घम फरेस्टलाई ३–२ ले हरायो ।

himalayan life insurance
igi long
NTA long ad