citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

एनआइसी एसिया लघुवित्तको खराब कर्जा चुलियो

नाफा घट्यो

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । एनआइसी एसिया लघुवित्तको खराब कर्जा चुलिंदा खुद नाफा घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा ९९.२६ प्रतिशतले घटेर ११ लाख ६ हजार रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले १४ करोड ४२ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खराब कर्जा १०.३८ प्रतिशतले बढेर १३.७६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसको खराब कर्जा ३।३८ प्रतिशत थियो ।

यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेको छ । खुद ब्याज आम्दानी २७.०८ प्रतिशतले घटेर ३९ करोड ९३ लाख २८ हजार रुपैयाँमा सीमित भएको छ । सञ्चालन नाफा ८९.६२ प्रतिशतले घटेर २ करोड २१ लाख १५ हजार रुपैयाँमा आएको छ ।

पुस मसान्तसम्म आइपुग्दा नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । प्रतिसेयर आम्दानी १७ रुपैयाँ ०८ पैसाले घटेर १३ पैसामा आएको छ ।

प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ १५ पैसा छ । चुक्ता पुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ रहेको छ ।

himalayan life insurance
igi long